वर्षमानको विश्लेषण- चुनावपछि कांग्रेसभन्दा माओवादी धेरै सानो हुन्न, सरकारको नेतृत्व पनि हामी गर्छौं – Nepal Press
नेपाल टक

वर्षमानको विश्लेषण- चुनावपछि कांग्रेसभन्दा माओवादी धेरै सानो हुन्न, सरकारको नेतृत्व पनि हामी गर्छौं

वाम गठबन्धन हुँदा कांग्रेसले जित्ने बढीमा ५ सीट हो, चुनावपछि माओवादी नेतृत्वमा सरकार

वर्षमान पुन (अनन्त) नेकपा नेपाली राजनीतिमा प्राक्टिकल नेताका रूपमा स्थापित भइरहेका छन् । विशेषगरी विपक्षी दलहरूसँग पनि सहज संवाद र सम्बन्धमा रहने, देशभरको जानकारी पनि लिने र माओवादीभित्र संगठनमा प्रचण्डपछिको होल्ड कायम राख्ने नेताका रूपमा उनी चिनिन्छन् ।

त्यसैले प्रचण्डले प्रायः वार्ता टोली वा कार्यदलहरूमा वर्षमानलाई नै राख्छन् । नेकपा माओवादी केन्द्रको महासचिवका प्रमुख दाबेदार पुन पार्टीभित्र शक्ति सन्तुलन र वरिष्ठताको संयोजन मिलाउँदा उपमहासचिवमा सीमित भएका छन् । तर, भूमिकामा हिसाबले आज पनि उनी प्रचण्डपछि माओवादीमा शक्तिशाली नै मानिन्छन् ।

गठबन्धनको सीट बाँडफाँट कार्यदलका सदस्यसमेत रहेका उपमहासचिव पुनसँग सीट बाँडफाँटलगायत अन्य राजनीतिक विषयमा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा

– तपाईँ पाँचदलीय गठबन्धनको कार्यदल सदस्य, यो गठबन्धन कति दलसम्म पुग्ने सम्भावना छ ? अहिले त सात दल भइसके ?

औपचारिकरूपमा पाँचदलीय गठबन्धन नै हो । आवश्यकता सुविधाको हिसाबले पाँचदलीय गठबन्धनमा नभएका दलले आफ्नो निर्वाचन चिह्नमा अरु पार्टीसँग सहकार्य गर्न सक्छन् । यसमा थप छ दल सात दलभन्दा पनि पाँचदलीय नै हो ।

– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दल तपाईँहरूको निर्णय कुरेर बसेका छन् । अब त्यसमा के हुन्छ ?

अहिलेसम्म कुनै निर्णयमा पुगे जस्तो लाग्दैन । औपचारिकरूपमा पाँचदलीय गठबन्धन नै रहन्छ । लोसपाले सरकारलाई समर्थन गरेको छ । यो राम्रो कुरा हो । निर्वाचनमा अहिले नै तालमेल हुने सम्भावना कम छ । समग्रमा उहाँहरू कांग्रेससँग पनि छलफलमा हुनुहुन्छ । कांग्रेसले आफ्नो हिस्साको केही सीटमा उहाँहरूलाई सघाउन सक्छ । त्यसमा सायद अरुले आपत्ति गर्नुपर्छ जस्तो लाग्दैन ।

– उहाँहरूले सरकारलाई विनाशर्त सहयोग गरिरहनुभएको छ । सरकारमा सामेल हुने इच्छा छ । त्यो हिसाबले गठबन्धनमै यसलाई दिनु हुँदैन भन्ने शक्ति हाबी भएको हो कि ?

अब सरकारको हकमा निर्वाचन घोषणापछि सरकार पुनर्गठन गर्नु राम्रो देखिँदैन । सैद्धान्तिकरूपमा पनि त्यति राम्रो देखिँदैन । अर्कातिर गठबन्धनको कुरा गर्दा खासगरी केपी ओलीजीले संसद विघटन गरिसकेपछि संसद पुन:स्थापनाका लागि लडेका दलहरू छौं । त्यसका लागि बनाइएको गठबन्धन हो । त्यसक्रममा लोकतान्त्रिक समाजवादी पार्टीले विघटनलाई समर्थन गर्ने, सरकारमा सहभागी हुने अवस्था बन्यो ।

त्यसरी हेर्दा सैद्धान्तिकरूपले तत्कालको राजनीतिक एजेण्डामा हामी फरक भयौं । उहाँहरूले सरकारलाई निशर्त सहयोग गर्नुभएको छ, त्यो राम्रो कुरा हो । अहिलेको गठबन्धन संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि, राजनीतिक स्थायित्वका लागि र समृद्धिका लागि निर्माण गरेका हौं ।

यसमा खासगरी एक ढंगको संसद विघटनपछि राजनीतिक स्थायित्व हुँदै देश संकटतिर जान्छ कि भन्ने संशयलाई अन्त्य गरेका छौं । तैपनि राजनीतिक स्थायित्वको वातावरण बनिसकेको छैन । त्यसैकारणले सँगै काम गरौं भन्ने हो । त्यसैले तत्कालीन राजनीति नमिलेरै उहाँहरूलाई ठ्याक्कै सँगै बसौं भनेर भन्न नमिलेको हो ।

– तपाईंले भन्नुभयो, नेपाली कांग्रेसले यदि लिएर जान चाह्यो भने कांग्रेसले उहाँहरूलाई अलग ढंगले समर्थन गर्न सक्छ, अथवा आफ्नो सीट दिनसक्छ ?

त्यसमा नेपाली कांग्रेसले कम्फरटेबल फिल गर्‍यो भने हामीलगायत अरु दलको आपत्ति छैन ।

– यसलाई कांग्रेसले ल्याउन चाहन्छ, गठबन्धनका अरु दल ल्याउन चाहँदैनन् भनेर बुझ्न सकियो ?

सैद्धान्तिकरूपले तत्कालको राजनीतिमा एकै ठाउँ नभएपछि गठबन्धनमा बस्न पनि गाह्रो भयो । भोलि चाहिँ हामीले संसद विघटन गलत थियो भन्ने, उहाँहरू ठीक थियो भन्दै एउटै मञ्चबाट हिँड्ने अवस्था आउला । एउटै मञ्चबाट फरक कुरा बोल्न अवस्था हुन्छ कि भनेर हामी सचेत छौं ।

– यदि लोसपालाई कांग्रेसले सेटल गर्न सक्छ भने बाबुराम भट्टराई, महेन्द्रराय यादव अथवा वामदेव गौतमलाई पनि माओवादीले आफ्नो हिस्साबाट सेटल गर्नुपर्ने भयो हैन त ?

निश्चय पनि । बाबुराम भट्टराईलाई, महेन्द्र यादवजीलाई, वामदेव गौतमजीलाई उहाँहरूलाई हामी हाम्रो हिस्साबाट सेटल गर्छौं । एउटै चुनाव चिह्नबाट चुनाव लड्छौं । अर्कोतिर उहाँहरू हिजो संसद विघटनदेखि संसद पुन:स्थापनासम्मका मुद्दामा सँगै उभिएका साथीहरू हुन् । त्यसलाई सैद्धान्तिक, वैचारिकरूपले समर्थन गरेका साथीहरू भएकाले सहकार्य गर्नलाई सजिलो पनि छ ।

– वामदेव गौतम चाहिँ माओवादीले घाँडो भिरिरहेको छ भन्छन् । राष्ट्रियसभामा हुनुहुन्छ । अब भएको एउटा राष्ट्रिय जनमोर्चाले पाउने सीटमा पनि उहाँले दाबी गरिरहनुभएको छ । वामदेवको महत्व केपी ओलीलाई देखाउँ भनेर मात्रै हो ?

एक उहाँ व्यक्तित्व हो । नेकपाकालीन सचिवालय सदस्य हो । नेतालाई सम्मान गर्ने, व्यवस्थापन गर्ने हाम्रो दायित्व पनि हो । अर्कोतिर कमरेड प्रचण्ड र वामदेव गौतमको आफ्नै खालको सम्बन्ध छ । जनयुद्धकालदेखि नै उहाँहरूको सम्बन्ध छ । मित्रताको हिसाबले पनि एक-अर्कालाई सम्मान गर्ने, सहकार्य गर्ने गर्नुभएको छ । अर्को चाहिँ अहिले म पाँचदलीय गठबन्धनसँग काम गर्छु भन्दा सायद त्यसलाई अन्यथा लिनुपर्छ जस्तो मलाई लाग्दैन ।

– भनेपछि राष्ट्रियसभाबाट उहाँलाई राजीनामा गराउने ?

उहाँले कसरी सोच्नुभएको छ, अहिलेसम्म चुनाव लड्छु भन्नुभएको छ । चुनाव लड्नुभयो भने हामी समर्थन गर्न, सहयोग गर्न तयार छौं । यद्यपि निर्णय चाहिँ उहाँकै हो ।

– राष्ट्रिय जनमोर्चाको व्यवस्थापन गर्नुपर्‍यो फेरि ?

त्यसमा राष्ट्रिय जनमोर्चा वा अरु कोही दललाई व्यवस्थापन गर्नुपर्ला । उहाँ कहाँदेखि लड्नुहुन्छ । कहिले प्यूठानदेखि लड्नुहुन्थ्यो । कहिले बर्दियादेखि । त्यसमध्ये हुन्छ वा अरु कुनै ठाउँ । बीचमा काठमाडौंदेखि डोल्पासम्म चुनाव लड्ने चर्चा चलेको थियो । नेकपाकालमा उहाँले त्यो तयारी पनि गर्नुभएको थियो । त्यसो हुँदा उहाँले ठ्याक्कै कुन क्षेत्र हेर्नुहुन्छ, हामी समर्थन गर्छौं भन्ने छ ।

– अब हामी कार्यदलमा प्रवेश गरौं । एक किसिमको दाबी दलको भन्ने पनि आयो । अहिले लगभग आ-आफ्नो यति यति चाहिन्छ भनेर सुरू भएको हो ?

यसअघि राष्ट्रिय जनमोर्चाले संघीय सांसदमा दुई सीट र नेपाली कांग्रेसले सय सीटको दाबी गरेको थियो । त्यो भनेको ६० प्रतिशत । त्यसमा खासै हामीले कुरा गरेका थिएनौं । पछिल्लो बैठकमा अनौपचारिकरूपमा कुरा राखेको हो ।

त्यसपछि शीर्ष नेतृत्वले दिएको कार्यदलमा एक सय ६५ निर्वाचन क्षेत्रको अध्ययन गर्‍यौं । हिजो जितेको कसले छ, आजको अवस्था के छ ? र आजको दाबी आजको जित्ने अवस्था कस्तो छ ? वा कुन नेताको लागि गठबन्धनको कुन पार्टीले कसरी सोचिरहेको छ भन्ने सरसर्ती छलफल गर्‍यौं, टिपोट गर्‍यौं र त्यसपछि हामीले ३ सय ३० सीट प्रदेशसभाको छलफल गरेको छौं ।

हिजो जितेको अवस्था, अहिलेको जनमतको अवस्था वा कुनै विशिष्ट नेतृत्वलाई व्यवस्थापन गर्नुपर्ने अवस्था, वा संघमा एउटा लिइसकेपछि प्रदेशमा अरु मनोविज्ञान पनि त्यहाँ जोड्ने अवस्था । यो पनि हामी हेर्दैछौं । त्यसो हुँदा औपचारिक दाबी वा यति नै हुनुपर्छ भन्ने कसैको छैन ।

बाबुराम भट्टराईलाई, महेन्द्र यादवजीलाई, वामदेव गौतमजीलाई उहाँहरूलाई हामी हाम्रो हिस्साबाट सेटल गर्छौं । एउटै चुनाव चिह्नबाट चुनाव लड्छौं ।

सीट बाँडफाटलाई कसरी व्यवस्थापन गर्ने भन्दा अहिले जसले जहाँ जितेको छ, त्यसलाई सामान्यतया कायम गर्ने । त्यसपछि २०७४ को निर्वाचनको समानुपातिक मत हेर्ने । माओवादी एमालेको गठबन्धन थियो । संघीय समाजवादी र राजपाको गठबन्धन थियो । कांग्रेस अरु पार्टीसँग गठबन्धनमा थियो । त्यो ठ्याक्कै वास्तविक मत होइन । त्यो भनेको समानुपातिक मत हेर्ने हो ।

तेस्रो एकीकृत समाजवादीको हकमा निर्वाचित सदस्य १३ जना हुनुहुन्छ । त्यसलाई आधार बनाएर त्यो वरिपरि छलफल गर्ने । र, अहिलेको २०७९ को स्थानीय तहको मतलाई पनि हेर्ने । चौथोमा विशेष अवस्था, राजनीतिक दलका संवेदनशीलता, शीर्ष नेतृत्व तह होला या अन्य व्यवस्थापन गर्नैपर्ने सबैलाई आधार बनाएर हेर्दैछौं । र, टुंगो पनि त्यसरी नै गर्छौं ।

– अहिले ठ्याक्कै कांग्रेसले सय भनेजस्तै, जनमोर्चाले दुई भनेजस्तै अरुको चाहिँ के कति हो ?

बाहिर आइसकेको छ । कांग्रेसले सय सीट, माओवादीले ६०, समाजवादीले ४० अनि जसपाले ३२ दाबी गरेका छन् । प्रारम्भिकरूपले मोटामोटी कुन-कुन ठाउँमा दाबी गरेको छ, त्यसअनुसार हुन्छ ।

– कांग्रेसको दाबी चाहिँ के छ भने अहिलेको स्थानीय चुनावमा ठूलो दल पनि बनेको छ । मतको आधारमा सयभन्दा तल लड्यौं भने हामी व्यवस्थापन नै गर्न सक्दैनौं भनेर कार्यदलमै भएका नेताले भनिरहनुभएको छ । कांग्रेसमा ठूलो विद्रोह हुन्छ भनिराखेको अवस्था छ । कांग्रेसलाई पर्न सक्ने समस्या र त्यसबाट गठबन्धनलाई पर्नसक्ने समस्यासँग कति संवेदनशील हुनुहुन्छ ?

त्यसमा हामी संवेदनशील छौं । एकातिर कांग्रेसले आफ्नो स्थिति बुझेको पनि छ । हिजो २०७४ सालमा कांग्रेस र एमालेको हाराहारीकै अवस्था थियो । स्थानीय निर्वाचनको मत हेर्दा, वडाको मत हेर्दा त्यस्तै एक लाखको मत फरक थियो । त्यसमा माओवादीसँग मिलेको थियो । त्यसैले कांग्रेस २३ सीटमा खुम्चियो ।

अहिले वाममोर्चा बन्यो भने कांग्रेसको ३ देखि पाँच सीटमात्रै हुन्छ । यो पनि त बुझेको छ । अहिलेको सीट भनेको गठबन्धनको कल्चर जो छ, निश्चित निर्वाचन प्रणाली जो छ, त्यसले कुनै न कुनै रूपले निर्वाचन अघि गठबन्धन गर्नैपर्ने या निर्वाचनपछि गठबन्धन गर्नुपर्ने सरकार गठनका लागि त्यो संवैधानिक अवस्था, निर्वाचन प्रणालीको अवस्था छ हाम्रो । त्यो त कांग्रेसले पनि हेरिरहेको छ ।

एकातिर कांग्रेसले आफ्नो स्थिति बुझेको पनि छ । हिजो २०७४ सालमा कांग्रेस र एमालेको हाराहारीकै अवस्था थियो । स्थानीय निर्वाचनको मत हेर्दा, वडाको मत हेर्दा त्यस्तै एक लाखको मत फरक थियो । त्यसमा माओवादीसँग मिलेको थियो । त्यसैले कांग्रेस २३ सीटमा खुम्चियो । अहिले वाममोर्चा बन्यो भने कांग्रेसको ३ देखि पाँच सीटमात्रै हुन्छ । यो पनि त बुझेको छ ।

त्यसैगरी हामीले वाम समाजवादी गठबन्धन वा मोर्चाको कुरा पनि गर्‍यौं । त्यो मोर्चा, कांग्रेस अलग्गै र एमाले अलग्गै हुँदा पनि तीनै शक्ति मोटामोटी ६० र ९० बीचमा रहने अवस्था बन्छ । कम लिनेले ६०, बढी लिनेले ९० को बन्छ । यसरी हेर्दा कांग्रेसले दाबी गर्नु अन्यथा होइन ।

एक्लै गयो भने बाँकी अरु मिल्यो भने के हुन्छ भन्ने कुरा कांग्रेसले पनि बुझेको छ ।

– एक्लै लड्दा पनि ८०-८५ सीट जित्न सक्ने सम्भावना बोकेको कांग्रेसलाई गठबन्धनबाटै ८०-८५ सीटमा लड्नु पर्ने परिस्थिति त दुःखद नै हो नि हैन र ?

कांग्रेस चाँही एक्लै लड्दा त्यही ७०-७५ को ‘लेभल’ मा अग्रणी छ । तर, त्यो त स्थानीय तहको निर्वाचनको परिणाम हो नि त । त्यहाँ त धेरै फ्याक्टरले काम गरेको छ । संघीय तहको निर्वाचन फरक हुन्छ । त्यहाँ व्यक्तित्वको कुरा हुन्छ । विगतमा काम गरेका निरन्तरताको कुरा हुन्छ । धेरै कुराले फरक पार्छ । त्यसो हुँदा कांग्रेसले पनि आफ्नो ‘पोजिसन’ बुझ्छ जस्तो लाग्छ । बुझेकै छ ।

– अहिले जुन हिसाबका दाबी पेस भएका छन्, जसमा कांग्रेसले ६०-४० को दाबी पेस गर्‍यो, अब यसमा प्रतिशतमा बाँड्दा कांग्रेस र कांग्रेस इतरको ५०-५० प्रतिशतमा टुंगिन्छ ?

अहिले ठ्याक्कै त्यसरी हेरिएको छैन । सामान्यतया कांग्रेसको एक सय ६५ निर्वाचन क्षेत्रमा नै कुनै न कुनै रूपमा उपस्थिति हुने देखिन्छ । त्यसैगरी मतको ‘ट्रेण्ड प्याट्रन’ हेर्दा चाँही माओवादीको पनि एक सय ६५ मध्ये धेरैजसो क्षेत्रमा कि संघ कि प्रदेशमा उपस्थिति हुने जस्तो देखिन्छ ।

जनता समाजवादीको केही निश्चित ‘क्लस्टर’ छ । मधेस प्रदेशमा र अन्य केही प्रदेशमा उहाँहरूको ‘फोकस’ छ । त्यसैगरी नेकपा (एकिकृत समाजवादी) को पनि केही निश्चित नेता वा जित्ने सम्भावना रहेको छ भने अरु ठाउँमा पनि मत छरिएर रहेको छ । यी सबै स्थितिलाई हेर्दा सामान्यतया कांग्रेस र माओवादीको देशभर हुन्छ ।

अरु पार्टीको लिडरसिपलाई आधार बनाएर वा जनमत हेरेर वा आजको स्थितिमा एक अर्कालाई सहयोग गर्नुपर्ने अवस्थालाई हेरेर हामी टुङ्गो लगाउँछौँ । यसरी हेर्दा संघ कांग्रेसको अलि बढी भयो भने प्रदेश कम हुन्छ । संघ कांग्रेसको अलिकति कम भयो भने प्रदेश बढी हुन्छ । यस्तै यस्तै हो ।

– अहिले कांग्रेसको दाबी सय सीट भए पनि ९० भन्दा तल नझर्ने भन्ने छ, तपाईंहरूसँग मिलेर हिजोको एमालेको साइजमा जाने र भोलि केही साना दलसँग मिलेर सरकार बनाउने बाटोमा पनि पोलिटिक्स जान सक्छ भनेर तपाईंहरू अलिक ‘टाइट’ हुन खोज्नुभएको हो ?

त्यस्तो होइन । अहिले चाँही हाम्रो जनमत, नेतृत्व, अहिले जितिराखेको अवस्था हेरेर यी दाबी आएका छन् । कांग्रेसले एक्लै धेरै ल्याउन चाहन्छ त्यो स्वाभाविक पनि हो ।

– कांग्रेसले त गठबन्धनबाटै बहुमत ल्याउने औपचारिक निर्णय नै गरेको छ नि ?

त्यो त सम्भव नै छैन नि । अहिलेको निर्वाचन प्रणालीमा त्यो त असम्भव जस्तै हो । गत वाम गठबन्धन जुन सबैभन्दा सफल गठबन्धन हो त्यसमा पनि नेकपा एमाले बहुमतको नजिक पुगेको थियो तर, बहुमत पुगेको थिएन । सबैभन्दा सफल ६०-४० को वाम गठबन्धन र पर्याप्त सीट हुँदा पनि एमालेको बहुमत आएन । यस्तो अवस्थामा कांग्रेसले चाहेर पनि बहुमत ल्याउन सक्दैन ।

सामान्यतया कांग्रेसको एक सय ६५ निर्वाचन क्षेत्रमा नै कुनै न कुनै रूपमा उपस्थिति हुने देखिन्छ । त्यसैगरी मतको ‘ट्रेण्ड प्याट्रन’ हेर्दा चाँही माओवादीको पनि एक सय ६५ मध्ये धेरैजसो क्षेत्रमा कि संघ कि प्रदेशमा उपस्थिति हुने जस्तो देखिन्छ ।

अहिलेको निर्वाचन प्रणाली अनुसार सबै पार्टी अल्पमतमै हुन्छन् । दुई वा दुईभन्दा बढी दल निर्वाचन अगाडि वा निर्वाचन पछाडि मिलेर सरकार बनाउने हो । राजनैतिक स्थायित्व दिने हो, न्यूनतम आर्थिक कार्यक्रममा राजनैतिक कार्यक्रममा सहकार्य गर्ने हो । यो हाम्रो बाध्यता पनि कांग्रेसले राम्रोसँग बुझेको छ ।

– मैले बुझ्न खोजेको निर्वाचन चाहिँ वाम-लोकतान्त्रिक गठबन्धनबाट लड्ने तर निर्वाचनपछि चाँही गैरवामको मात्र सरकार बन्न सक्ने गणित बन्ला कि नबन्ला ?

निर्वाचनपछि गैरवामपन्थीको मात्र सरकार बन्ने, त्यो अवस्था त्यो बन्दैन । त्यो सम्भव छैन । कांग्रेसका नेताको मुड मनस्थिति पनि त्यस्तो देखिँदैन । त्यस खालको घातक निर्णय लिने अवस्थामा कांग्रेस छ जस्तो मलाई लाग्दैन र लिने ‘ग्राउण्ड’ पनि छैन खासमा ।

– तपाईँले अघि भन्नुभयो नि, अहिले वाम गठबन्धन भयो भने कांग्रेसले ३ देखि ५ सीट मात्र जित्छ। रिपोर्टले त्यो देखाउँछ पनि, तपाईंले यो कुरालाई देखाएर कांग्रेसलाई थर्काउने अनि हामी ‘ट्र्याक टु’ मा पनि जान सक्छम् भनेर भन्या हो ?

त्यो अवस्था हो । तथ्यले कांग्रेस माओवादी अहिलेको पाँचदलीय गठबन्धन एक ठाउँमा बस्दा एउटा सिनारियो देखाउँछ । त्यसैगरी वाम शक्ति एक ठाउँमा बस्दा सिनारियो देखिन्छ । कांग्रेस र एमाले एक्लिएर वाम समाजवादी एक ठाउँमा आउँदा अर्को सिनारियो देखिन्छ । मुख्य कुरो निर्वाचन मात्र सबथोक होइन । निर्वाचनपछि राजनैतिक स्थायित्व दिनु छ । सुशासनको काम गर्नु छ । त्यसका लागि सबैले एउटा स्थायी कोलिसन अपेक्षा गरेको छ । सबैले आफ्नो हैसियत बुझेको छ जस्तो लाग्छ ।

– भन्नुको अर्थ एमालेसहितको वाम गठबन्धनको कोर्समा कोही पनि छैन ?

अहिले तत्काललाई छैन । किनकी त्यो पहिला यो नराम्रो कुरा हैन भनेर छलफल बहस पनि नभएका हैनन् तर, अहिलेको अवस्थामा सबैजना आ-आफ्नो बाटोमा लागिसकेको अवस्था हो । अहिले यही पाँचदलीय गठबन्धनमा जान्छ । एमाले पनि आफू अनुकूलको केही गरेर जाला ।

– कतिपय ठाउँ क्षेत्र हेरेर जस्तो पहिला झापाको दमकमा गठबन्धनले राप्रपालाई पनि सहयोग गर्‍यो, यो चुनावमा यस्तै ठाउँमा राप्रपालाई पनि सँगै लिएर जाने सम्भावना छ कि छैन ?

अहिले त्यस्तो छैन । राप्रपालाई कतै छाड्न सकिने अवस्था छैन ।

– अहिले हेर्दा नै कार्यदलको संयोजकलाई नै चुनाव जित्न राप्रपा मिलाउनुपर्ने देखिन्छ नि ?

अँ अलिकति राप्रपाको मत झापामा छ । एक नम्बरमा, तीन नम्बरमा र पाँच नम्बरमा अलिकति मत छ । राप्रपाले पनि आफू अनुकूल गठबन्धन गर्ला वा एक्लै लडेर सहानुभूति लिने प्रयास गर्ला । निर्वाचनमा त्यो सामान्य प्रोसेस भइराख्छ ।

– भनेपछि अहिले राप्रपालाई जोड्ने प्रयास छैन ?

अहिले छैन । हाम्रो संयोजक कृष्ण सिटौलाको क्षेत्रको हकमा स्थानीय तहको निर्वाचनमा राप्रपासँग जोडेर हेर्दा एक खालको देखिए पनि यथार्थ त्यस्तो नहोला । किनभने नेतृत्वको कुरा छ । लोकतान्त्रिक आन्दोलनमा काम गर्नुभएको छ । शान्ति प्रक्रियामा काम गर्नुभएको छ । अहिले पनि कार्यदलको संयोजकको रूपमा काम गर्नुभएको छ । जनतादेखि सहानुभूति पाउनु हुन्छ भन्ने नै लाग्छ ।

– सिटौलालगायतको नेताको व्यवस्थापनका लागि क्षेत्र ‘चेन्ज’ हुँदैछ ?

केही ठाउँमा चेन्ज हुन्छ । नेताको व्यवस्थापनका लागि चेन्ज हुन्छ । त्यसका लागि हामी सल्लाह नै गर्छौं ।

– अहिले को-को गर्ने भन्ने चाहिँ टुङ्गिएको छैन ?

अहिले छैन । किनभने अहिले सीट नै टुङ्गिएको छैन । पहिला हामी संख्या टुंगो लगाउँछौं । दाबी गरिएका ठाउँमा टुङ्गो लगाउँछौं । अनि कहाँ कता जटिलता हुन्छ त्यहाँ हेर्छौं ।

– स्थानीय चुनावको हेर्ने हो भने मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि गठबन्धनको बैठक बसेको थियो । अहिले चाँही गठबन्धनको सीट बाँडफाँट ‘टू अर्ली’ भएन ?

एउटै दलको भए ढिला गरे पनि हुन्थ्यो । पाँच दलको कुरा छ । पहिला सीट संख्या टुंग्याउनुपर्‍यो । कुन क्षेत्र भनेर टुंग्याउनुपर्‍यो । त्यसपछि संघ र प्रदेशको टुंग्याउनुपर्‍यो । त्यसपछि आ-आफ्नो पार्टीले सिफारिस गर्ला । सिफारिसलाई आ-आफ्नो दलले टुंगो गर्नुपर्‍यो । त्यसलाई पनि समावेशी बनाउन पर्ने हुन्छ ।

हाम्रो संयोजक कृष्ण सिटौलाको क्षेत्रको हकमा स्थानीय तहको निर्वाचनमा राप्रपासँग जोडेर हेर्दा एक खालको देखिए पनि यथार्थ त्यस्तो नहोला । राप्रपालाई कतै छाड्न सकिने अवस्था छैन ।

भेगीय हिसाबले केही मनोविज्ञान समेट्नपर्ने हुन्छ । गठबन्धन गरेपछि जित्नेगरी गरिन्छ । यसरी समयमै सीट बाँडफाँट गरियो भने सम्बन्धित पार्टीले आफ्नो अनुसार काम गर्छ । प्रत्यक्षमा जान नसक्नेलाई समानुपातिकमा व्यवस्थापन गर्न सकिएला । त्यो पनि नभए पार्टीको कुनै अरु जिम्मेवारीमा व्यवस्थापन गर्न सकिएला । समस्या ननिम्तियोस् भनेर नै बेलैमा टुंग्याउन खोजिएको हो ।

– त्यसो भए कार्यदलले सीट बाँडफाँटको काम कति दिनमा टुंगो लगाउन सक्छ ?

यो सबै काम भदौ १५ गते भित्र टुंगो लगाइसक्छौं ।

– १५ गतेभित्र कुन पार्टीले कति सीट र कुन-कुन क्षेत्र पाउँछ भन्ने टुंगो लागिसक्छ त्यो भए ?

हो १५ गतेभित्र टुंगो लगाइसक्ने भन्ने तयारी छ । त्यसपछि सम्बन्धित दलले आफ्नो उम्मेदवार टुंगो लगाउने काम गर्छन् ।

– भाँडभैलो पनि सुरू हुन्छ होइन त ?

सामान्यतया दलीय व्यवस्थामा निर्वाचन आउँदा सामान्य असन्तुष्टि जहाँ पनि देखिने गर्छन् । अस्ति स्थानीय तहको निर्वाचनमा पनि देखिएको छ । चाँडै टुंग्याउँदा त्यसलाई म्यानेज गर्ने समय पनि पाउँछन् पार्टीले ।

– हामीलाई गठबन्धनबाट अलि अपमान भयो, । कांग्रेस माओवादीले हेपे भन्ने खालको गुनासो माधव नेपालबाट आइरहेको छ स्थानीय चुनावपछि । यसपालि कसरी उहाँहरूको चित्त बुझाउने ?

माधवजीलाई अपमान गरेको भन्ने स्थिति नै आउँदैन । अरु पार्टीको सदस्य थाहा भयो । उम्मेदवार थाहा भयो । मत पनि थाहा भयो । मिलाउन सकिने कुरो भयो । तर, उहाँहरू हिजो एमालेको रूपमा काम गर्दाको मत र आजको ठ्याक्कै हुँदैन । कतिपय ठाउँमा मत उहाँहरूतिर आएको छ, नेतृत्व अर्कैतिर गएको छ ।

कतिपय ठाउँमा नेतृत्व उहाँहरूतिर आएको छ, मत अर्कैतिर गएको छ । सबै अवस्थाबारे जानकारी थिएन । आज स्थानीय निर्वाचनले आकार दिएको छ र स्थानीय निर्वाचनले देखाएको आकारलाई हेर्दै र अरु पनि एकताको, सहकार्यको आवश्यकतालाई पनि हेर्दै त्यसैगरी हिजो संविधान रक्षामा लोकतन्त्रको रक्षामा गठबन्धन बलियो बनाउन दिनुभएको योगदानलाई पनि आधार मान्दै हामी म्यानेज गर्छौं । त्यस्तो हेपिने अवस्था हामी बनाउँदैनौं ।

– संयुक्त घोषणापत्र चाहिँ नेकपा समाजवादी र माओवादीको मात्रै हो कि गठबन्धनको पनि बन्छ ?

गठबन्धनको साझा घोषणापत्र भन्दा पनि न्यूनतम प्रतिबद्धता पत्र वा साझा प्रतिबद्धतापत्र हामी तयार गर्दैछौं । हामीले यो गठबन्धन किन गर्‍यौं, किन आवश्यक भयो ? हिजो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाएका छौं । त्यसको आधार लिएर हामीले अबको पाँच वर्ष कसरी काम गर्छौं, केमा काम गर्छौं भनेर हामी संयुक्त अवधारणा बनाउँछौं । एकै खालको परराष्ट्र नीति होस्, एकै खालको विकास नीति होस् । मोटामोटी साझा सुशासनको कार्यक्रम होस्, साझा डेलिभरीका कार्यक्रम होस्, यस्ता खालका चाहिँ साझा धारणा बनाउँछौ ।

– आज पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र अरु नेतालाई पनि गठबन्धन किन गर्छौ, हामी एक्ला एक्लै प्रतिस्पर्धा गरौं, मैले वाम गठबन्धन गर्दिनँ भनेर आश्वासन दिइरहनुभएकै छ । अन्तिममा गएर कांग्रेसले सीट भागबण्डा मिलाउन सकेनौं अब एक्ला-एक्लै लडौं भन्यो भने के हुन्छ वा त्यस्तो अवस्था आउने सम्भावना देख्नुहुन्छ ?

त्यस्तो अवस्था आउँदैन । किनभने भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रले टुंग्याउने हाम्रो विधानमा व्यवस्था थियो । अरु स्थानीय तहको मिलाउने तल्लो कमिटीलाई जिम्मा थियो । त्यसैअनुसार हामीले महानगरपालिका र उपमहानगरपालिका टुंगो लगायौं ।

बाँकी तल्लो तहलाई आफ्नो अवस्था अनुसार गर्नु भनेर छोडेको हो । जे गरियो त्यो ठीकै गरियो र पार्टीको नीतिअनुसार नै गरिएको हो । कहिँ एमालेसँग, कहिँ काँग्रेससँग, कहिँ समाजवादीसँग त कहिँ एक्ला-एक्लै पनि लडाइयो । हाम्रो नीतिअनुसार नै त्यो भएको हो भन्ने उहाँहरूको भनाइ छ ।

माधवजीलाई अपमान गरेको भन्ने स्थिति नै आउँदैन । अरु पार्टीको सदस्य थाहा भयो । उम्मेदवार थाहा भयो । मत पनि थाहा भयो । मिलाउन सकिने कुरो भयो । तर, उहाँहरू हिजो एमालेको रूपमा काम गर्दाको मत र आजको ठ्याक्कै हुँदैन । कतिपय ठाउँमा मत उहाँहरूतिर आएको छ, नेतृत्व अर्कैतिर गएको छ । कतिपय ठाउँमा नेतृत्व उहाँहरूतिर आएको छ, मत अर्कैतिर गएको छ ।

तर, अहिले त्यस्तो होइन, अहिले देशव्यापीरूपमा मिलेर नै जाने हाम्रो पार्टीको नीति छ । नीतिभन्दा हामी बाहिर जाँदैनौं र हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले नै टुंगो लगाएको छ भनेर विश्वास दिलाउनेगरी उहाँले बुझ्नुभएको छ । यसैलाई विश्वास गर्ने कुरा भयो । अहिलेसम्मको छलफलको अवस्था हेर्दा पनि मिल्ने खालको र अलिकति नरम खालको नै देखिएको छ ।

– अघिल्लो ५ वर्षअघि जसरी तपाईँहरूले दशैंको दिन एकाएक सरप्राइज दिनुभएको थियो नि, अब यसपालि त्यो सुविधा छैन होइन त ?

छैन, छैन । यसपालि त्यस्तो हुदैँन । त्यतिखेर पनि खासमा हामी सहकार्यमै थियौं नेपाली कांग्रेससँग । तर, स्थानीय तहको निर्वाचन सफल भएन । हामीले जहाँ-जहाँ तालमेल गर्न खोज्यौं एक सयजति स्थानमा, कहिँ पनि सफल भएनौं । कांग्रेससँग तालमेल भनेको संविधान कार्यान्वयनको एजेण्डा थियो । संविधान कार्यान्वन भयो र निर्वाचन पनि भयो । संविधान ३ महिना ६ महिनाभन्दा उता जाँदैन । त्यसको आयु नै ६ महिना मात्रै हो भन्थे । तर, संविधान कार्यान्वयन भयो र त्यतिबेला पनि माओवादी र कांग्रेसको गठबन्धन राम्रो भयो ।

तर, स्थानीय निर्वाचनमा जुन गठबन्धनमा गयौं वा केही तालमेल गर्‍यौं मत सर्वेक्षण जित्ने खालको थियो । तर, परिणाम नआएपछि हामी विकल्प खोजिरहेका थियौँ र विकल्पमा पनि गयौं ।

वाम सरकारभन्दा पनि निर्वाचनपछि त्यसरी नै ओलीजीले आत्मसमीक्षा गर्नुभयो भने र हाम्रा पनि केही कमजोरी भएको हुनाले सहायक जिम्मेवारीको हिसाबले कमरेड प्रचण्ड र हामीले पनि त्यसलाई टिकाउन नसकेकोमा आत्मालोचित भयौं भने नयाँ ढंगले चीज अघि बढ्न सक्छ ।

यसपटक कांग्रेसले पनि बुझेको छ र कांग्रेसका मतदाताले पनि के बुझेका छन् भने गठबन्धनबिना कसैको पनि बहुमत आउँदैन । बहुमतबिना राजनीतिक स्थायित्व हुँदैन र राजनीतिक स्थायित्वविना सुशासनको काम, विकासको काम र समृद्धिको काम अगाडि बढाउन सकिँदैन भन्ने कुरा कांग्रेसका नेताले मात्र होइन मतदाता तहसम्मले पनि बुझिसकेका छन् ।

– गठबन्धनले बहुमत ल्याएपछि ठूलो दलको नेता नै प्रधानमन्त्री हुने प्रचलन छ । तपाईँहरूको हकमा के हुन्छ अब ?

प्रधानमन्त्रीको बारेमा अहिलेसम्म हामीले छलफल गरिसकेका छैनौं । प्रधानमन्त्रीको अहिले चर्चा पनि भएको छैन र हुने बेला पनि होइन । अहिले त सझा कार्यक्रम लिएर निर्वाचन लड्ने र त्यसका लागि तालमेल गर्ने, गठबन्धन गर्ने र सीट विभाजन गर्ने काम मात्र भइरहेको छ ।

– भनेपछि निर्वाचनपछि हाम्रो यो प्रधानमन्त्री भनेर नजाने हो ?

हामी छलफल गर्दैछौं । कुनै एउटा विन्दुमा गएर टुंग्याउनुपर्ला ।

– माओवादीले पनि अब प्रधानमन्त्रीका लागि दाबी त गर्छ नि होइन र ?

स्वभाविकरूपमा हाम्रो दाबी रहन्छ । अहिले हामी दाबी गरेर सीट बाँडफाँटमा लागको चाहिँ होइनौं ।

– तपाईँहरूको तर्फबाट पहिलो चरणमा प्रधानमन्त्रीको दाबी हुन्छ कि दोस्रो चरणमा हुन्छ ?

अहिलेसम्म यो चरणमा छलफल पुगिसकेको छैन । त्यसैले यो मेरो व्यक्तिगत धारणा नै हुन्छ । अहिले पहिलो कि दोस्रो चरण भन्नुभन्दा पनि चुनावपछि आउने सरकारमा हाम्रो नेतृत्व हुन्छ । किनभने हामी कांग्रेसभन्दा धेरै सानो पार्टी हुँदैनौं । यसबीचमा पनि हामीले एक वर्षभन्दा बढी समर्थन गरिसक्यौँ । स्वाभाविक रूपले अबको ५ वर्षका लागि कुनै न कुनै तरिकाले सहकार्य हुन्छ । आलोपालो हुन्छ भन्ने मेरो व्यक्तिगत धारणा हो । त्यसभन्दा बढी ठोसरूपमा कसले अगाडि नेतृत्व गर्ने, कसले पछाडि नेतृत्व गर्ने र कसरी जाने भन्ने कुरा छलफल भएको छैन ।

– तर, माओवादीबाट प्रधानमन्त्री हुँदा त प्रचण्ड नै हो नि ?

निश्चितरूपमा नै । किनभने कमरेड प्रचण्डले पहिलो नौ महिने सरकारको नेतृत्व गर्दा उहाँ नै गणतन्त्रको पहिलो प्रधानमन्त्री भएकाले उहाँले गणतन्त्रलाई संस्थागत गर्ने काम गर्नुभयो । दोस्रोपटक प्रधानमन्त्री हुँदा देशमा संविधान बनेर पनि देश द्वन्द्वको अवस्थामा थियो । तराई मधेस मनोवैज्ञानिक रूपले छुट्टिएको जस्तो अवस्थामा थियो । संविधान जारी भएर कार्यान्वयन नहुने जस्तो अवस्थामा थियो । उहाँ आएर देशलाई एउटा मेलमिलापतिर निर्वाचन गर्नेतिर सबै शक्तिलाई निर्वाचनको मूल प्रवाहमा लैजाने काम भयो । संविधानको कार्यान्वयनको त्यो सफल कार्य नै हो ।

अब एक पटक प्रचण्डले माओवादीको तर्फबाट नेतृत्व गरेर वा माओवादी पार्टीले नै देशको नेतृत्व गरेर विकास, समृद्धि र सुशासनको जग हाम्रो आफ्नो सोच अनुसारको बसाउनुछ । संविधानको दिशानिर्देश अनुसार आफ्नो सोचलाई एक पटक देखाउनुपर्छ ।

– निर्वाचनअघि वाममोर्चा वा गठबन्धन सम्भव हुन नसक्नुको कारण के हो ? कसको कारणले हुन नसकेको हो ?

अहिले सम्भावना छैन । अहिले पनि खासमा ओलीजीले रियलाइज अर्थात कम्तीमा संसद विघटन कमजोरी भयो गल्ती भयो, आफ्नो दुईतिहाइको सरकार टिकाउन सकिएन । पार्टीभित्रको व्यवस्थापन गर्न सकिएन भनेर पहिलो अध्यक्षको हैसियतले र प्रधानमन्त्रीको कुर्सीमा पनि भएको हुनाले त्यो सकिन भन्नुभएको छैन ।

सबै पक्षलाई मिलाउन सकिएन, र मिलाउन नसकिएको कारण त्यसको परिणाम स्वरूप संसद विघटन गरेर एउटा राजनीतिक अस्थिरता भयो, वाम आन्दोलन छिन्नभिन्न जस्तो भयो र यो कमजोरी भयो भनेर रिअलाइजेसन गर्ने ठाउँ भयो भने त्यहाँबाट छलफल हुन्छ, वार्ता हुन्छ । अहिले एकता सम्भव नभए कुनै तालमेल भए पनि हुन्थ्यो तर, अहिले त्यो सम्भावना भएन ।

– निर्वाचनपछि केपी शर्मा ओलीले आत्मआलोचित भएर आउनुभयो भने वामपन्थी सरकार पनि हुन सक्छ यसको मतलब ?

हा हा हा हा, वाम सरकारभन्दा पनि निर्वाचनपछि त्यसरी नै ओलीजीले आत्मसमीक्षा गर्नुभयो भने र हाम्रा पनि केही कमजोरी भएको हुनाले सहायक जिम्मेवारीको हिसाबले कमरेड प्रचण्ड र हामीले पनि त्यसलाई टिकाउन नसकेकोमा आत्मालोचित भयौं भने नयाँ ढंगले चीज अघि बढ्न सक्छ ।

अब एक पटक प्रचण्डले माओवादीको तर्फबाट नेतृत्व गरेर वा माओवादी पार्टीले नै देशको नेतृत्व गरेर विकास, समृद्धि र सुशासनको जग हाम्रो आफ्नो सोच अनुसारको बसाउनुछ । संविधानको दिशानिर्देश अनुसार आफ्नो सोचलाई एक पटक देखाउनुपर्छ ।

हामीले यो वाम पार्टीलाई टिकाउनुपर्थ्यो । ओलीजी दक्षिणपन्थी भासतिर हिँड्दा उहाँलाई हामीले रोक्नुपर्थ्यो । उहाँले धार्मिक राष्ट्रियताको कुरा बोकेर हिँड्दा, राम-सीतालाई बोकेर हिँड्दा रोक्न सक्नुपर्थ्यो यसमा हाम्रो पनि कमजोरी भएको छ । भन्न खोजेको हामी कम्युनिष्ट कुनै धर्मविरोधी होइन फेरि । तर, हामी आफैं त धार्मिक मान्छे त होइन नि ।

अहिले त्यो सम्भावना रहेन । फेरि पनि उहाँले आत्मसमीक्षा गर्नुभयो भने छलफल होला, सम्वाद होला तर, अहिलेको अवस्थामा एउटासँग मिलेर निर्वाचन लड्ने र भोलि अर्कोसँग मिलेर सरकार बनाउने भन्ने सम्भावना हुँदैन ।

– यहाँहरूले गठबन्धन गर्दै गर्दा नेकपा एमालेलाई कति सीटमा रोक्ने योजना छ ?

अहिले यो भन्नका लागि हतार नै हुन्छ ।

– तपाईँले अनुमान त गर्नुभएको छ नि ?

अहिले बढी नै हतार हुन्छ कि । एमालेकै साथीहरूले आफैँले २५ सीट वरिपरि रोकिन्छौं भन्ने उहाँहरूको आफ्नै हिसाब-किताब सुनिरहको छु । तर, अब हामीले अहिले नै भनिहाल्न हतार हुन्छ । किनभने हामी कुन पार्टीले के कति सीट लिन्छौं र मिलाएर लिन सक्छौं ? त्यसले कस्तो वेभ क्रियट गर्छ । त्यसपछि भन्न सकिन्छ । सीट बाँडफाँटपछि तपाईँ र म बसेर हिसाब गरौंला, त्यो बेला म तपाईँमार्फत् नै भन्न सक्छु ।

– पहिले नेपाली कांग्रेसले २३ सीटमा खुम्चिनुपरेको थियो । त्योभन्दा पनि तल पार्ने योजना हो नेकपा एमालेलाई ?

त्यही वरिपरि हो भनौ । त्यस्तै हो । तल पार्नेभन्दा पनि अहिलेको जस्तो अवस्था हुँदा त्यसको रिजल्ट एमालेको पक्षमा देखिँदैन ।

– प्रचण्डले भन्नुहुन्छ नि, हामी त दोस्रो बन्ने हो, नत्र त किन गठबन्धन भनेर, त्यही हो ?

यो कुरा हामी सीट बाँडफाँटपछि पूर्णरूपमा भन्न सक्छौं र भन्न सकिन्छ पनि । अहिले बढी नै हतार हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर