डोजरले ठूँगेको अल्फाहाउस, यसरी लिए बालेनले एक्सन – Nepal Press

डोजरले ठूँगेको अल्फाहाउस, यसरी लिए बालेनले एक्सन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अवैधरुपमा बनेका संरचनाहरु हटाउन एक्सनमा उत्रिएका छन् । महानगरभित्रका व्यापारिक भवनमा आफैं पुगेर उनले एक्सन लिन थालेपछि सामाजिक सञ्जालमा निकै सह्राहना भइरहेको छ ।

मेयर साहले आज मात्रै शंखमुल, कोटेश्वर र वानेश्वरका विभिन्न स्थानमा रहेका भवनहरुको अनुगमन गरे । केही भवनका बेसमेन्ट खाली गर्न निर्देशन दिए भने अल्फाबिटा कम्प्लेक्समा डोजर नै चलाए । अल्फाबिटामाथि लिएको एक्सन उनको अहिलेसम्मकै ठूलो हो ।

बालेनले आज विहान अल्फाबिटा आएर मापदण्डविपरीत बनेका संरचना भत्काउन अल्फा हाउसलाई कडा निर्देशन दिएका थिए । तर अल्फाबिटाका सञ्चालकले स्वीकृति लिएर नै अस्थायी भवन बनाएको भन्दै बालेनसँग प्रतिवाद गरे । यस क्रममा बालेन उत्तेजनामा समेत आएका थिए ।

बिहान बानेश्वरका विभिन्न स्थानमा रहेका व्यापारिक कम्प्लेक्सका बेसमेन्ट खाली गराउने क्रममा मेयर साह अल्फाबिटा पुगेका हुन् । त्यसक्रममा अल्फाबिटाका मालिक द्विराज शिवाकोटीसँग उनको बाझाबाझ नै भएको थियो ।

अल्फा हाउसले नक्सा काठमाडौं महानगरलाई नै देखाउन भनेपछि बालेन्द्र आक्रोशित बने । यद्यपी, उनले आफैं कार्यालयबाट नक्सा ल्याएर डोजरसहित अल्फा हाउसमा आए र बेसमेन्टमा बनेको अस्थाइ संरचना भत्काउन निर्देशन दिए ।

बालेन अल्फा आउसमा आएर बेसमेन्टमा बनेको अस्थायी संरचना भत्काउन निर्देशन दिदा अल्फा हेल्थ कियर एन्ड डाइग्नोस्टीक सेन्टरका कर्मचारी दुःखी मुद्रामा थिए । त्यहाँ जम्मा भएको भिडले बालेनको समर्थन गरिरहेको थियो । जब अल्फा हेल्थ केयरमा डोजर चल्यो, बालेनको समर्थनमा ठूलै हल्ला भयो ।

अल्फा हेल्थ केयरका एक कर्मचारीले भने, ‘अफिसले स्वीकृति लिएर नै स्थायी संरचना बनाएको हो । तर बालेनले भत्काए । आज केही कुरा गर्ने अवस्था नै छैन । अब भवन निर्माण गरेका व्यक्तिले कानुनी रुपमा केही गर्नुहुन्छ होला ।’

भत्काउन सुरु गर्ने बेलामा अल्फा हाउसका कर्मचारीले रोक्ने प्रयास गरेका थिए । तर, त्यो सफल भएन । बालेनले अल्फा अगाडि बनेको पर्खालको विषयमा पनि कर्मचारीलाई सोधे, ‘यो वाल पनि महानगरको जग्गामा नै त बनेको होला नि है ?’ तर अल्फा हाउसका कर्मचारीले केही बोलेनन् ।

बालेनले भत्काउन निर्देशन दिएपछि महानगरका कर्मचारीले बत्तिको तार के गर्ने भनेर बालेनलाई सोधे । बालेनले भने, ‘तार पहिले निकाल्नुस् । तारलाई केही असर नगर्ने गरेर भत्काउनु ।’

करिब १० मिनेट जति अल्फा हाउसमा डोजर चल्यो । डोजर बन्द भएपछि बालेन पनि पनि त्यहाँबाट केही माथिसम्म हिँडेर उनी आफ्नो गाडीमा चढेर उनी त्यहाँबाट आफ्नो काममा फर्किए ।

महानगरले बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने सूचनामार्फत अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।

अल्फा साउस ४ तल्ले भवन हो । भूईंतल्लामा अल्फा हेल्थ केयर रहेको छ । पहिलो तल्लामा लक्ष्मी बैंक रहेको छ । दोस्रो तल्लामा कन्सलल्टिेन्सी रहेको छ । भने तेस्रो तल्लामा क्लासिक टेक नेट रहेको छ । चौथों तल्लामा सभाहल रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर