नक्कली पुलिस थाना बनाएर ८ महिनासम्म ठगी धन्दा ! – Nepal Press

नक्कली पुलिस थाना बनाएर ८ महिनासम्म ठगी धन्दा !

काठमाडौं । भारतको बिहारमा ठगहरुको गिरोहले एउटा घर भाडामा लिएर ८ महिनासम्म नक्कल्ली पुलिस थाना संचालन गरी सयौंलाई ठगी गरेको घटना सार्वजनिक भएको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार ठगहरुले संचालनमा ल्याएको उक्त नक्कली पुलिस थाना वास्तविक पुलिस थानाबाट मात्र ५ सय मिटरको दुरीमा रहेको थियो ।

ठगहरुको समुहले उक्त थानामा सेवा लिन आउने हरुबाट पैसा उठाउने, जागिरको आश्वासन दिने लगायतका कामहरु गर्दै आएको बताइएको छ । आम मानिसहरुलाई शंका नहोस् भनेर उनीहरुले फर्जी कागजी प्रकृयासमेत गर्दै आउने गरेका थिए भने अत्यन्तै दुर्लभ ठाउँका केही मानिसहरुलाई दैनिक ५ सय भारु दिएर नक्कली पुलिससमेत बनाएका थिए ।

एकजना सक्कली पुलिसले २ जना नक्कली पुलिसलाई स्थानीय बजारमा पाइने बन्दुक बोकेर हिँडेको देखेपछि यो घटना सार्वजनिक भएको हो । हाल उक्त थानाबाट दुई महिलासहित ६ जना प्रहरीको नियन्त्रणमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर