सन्दीप लामिछानेले भाइपर्सबाट यूएईको टी-ट्वान्टी लिग खेल्ने – Nepal Press

सन्दीप लामिछानेले भाइपर्सबाट यूएईको टी-ट्वान्टी लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।

डेजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको थियो । सन्दीपसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ ।

भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।

ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर