आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेको वैशाखी टेकेको भन्दै रविन्द्र मिश्रले दिए कांग्रेसलाई मार्ग परिवर्तनको सल्लाह – Nepal Press

आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेको वैशाखी टेकेको भन्दै रविन्द्र मिश्रले दिए कांग्रेसलाई मार्ग परिवर्तनको सल्लाह

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले देशको दूरगामी हितका लागि कांग्रेसलाई मार्ग परिवर्तनको सल्लाह दिएका छन् ।

मिश्रले सामाजिक सञ्जालमार्फत् ५र६ पार्टीसँग गठबन्धन गर्दा पनि एक्लो एमालेसँग चुनाव हारिएला भन्ने डर भइरहेको भन्दै कांग्रेसप्रति टिप्पणी गरेका छन् ।

माओवादीसँग मिलेकोतर्फ लक्षित गर्दै मिश्रले हिजो आफ्नै नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको कांग्रेसले वैशाखी टेकिरहेको आरोप लगाएका छन् ।

‘यदी कांग्रेसले ‘बीपी राजमार्ग’नछोडेको र बीपी कोइरालाको यो पुस्तक गाउँगाँउसम्म पुर्‍याएको भए आज कांग्रेसले चुनाव जित्न आफ्नै सदस्य तथा नेताको घाँटी रेट्ने र हातखुट्टा भाँच्नेहरूको वैशाखी टेक्नु पर्ने थिएन’, मिश्रले लेखेका छन् ।

उनले लेखेका छन्, ‘कांग्रेसले जति छिटो ुमार्ग परिवर्तनु गर्‍यो त्यति छिटो कांग्रेस र देश दुवैको भलो हुनेछ। यो देशको दूरगामी हित हुनेछ।
अन्यथा कांग्रेसले कसै न कसैको वैशाखी टेकिरहनु पर्नेछ। र त्यसले देशलाई घाटा गरिरहने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर