दाङको राजपुरमा झाडापखालाबाट एक बालिकाको मृत्यु, १७ जना बिरामी – Nepal Press

दाङको राजपुरमा झाडापखालाबाट एक बालिकाको मृत्यु, १७ जना बिरामी

रूपन्देही । दाङको राजपुर गाउँपालिका वडा नं ७ मा झाडापखालाबाट एक जनाको मृत्युु भएको छ भने १७ जना विरामी भएका छन् ।

राजपुर गाउँपालिका वडानम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीय सम्झना परियारको झाडापखालाबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भैसाहीँनाकाले जनाएको छ । उनको मृत्यु भएलगत्तै स्थानीयले वडाध्यक्षलाई खबर गरेपछि स्वास्थ्यकर्मीको टोली घटनास्थलमै पुगेको हो ।

बिहीबार दिउँसोबाट एक्कासी झाडापखालाबाट ग्रसित भइ उपचारको क्रममा बेलुका ४ बजे घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ९ वर्षीय अस्मिता बुढा, सोही ठाउँ निवासी २८ वर्षीय लालमति परियार, उनकी छोरी ३ वर्षीय सपना परियार, ५३ वर्षीय सेषमति बुढाथोकी, २३ वर्षीय विमला राना, डेर वर्षिय (बालक) हिमाल राना, ४ वर्षीय सुदिप राना, ४३ वर्षीय बालाराम गिरी झाडापखालाबाट ग्रसित भएको राजपुर स्वास्थ्य चौकीका प्रमुख खिमबहादुर रावलले जानकारी दिए ।

यस्तै, वडा नं. ७ भैसाहीँनाका निवासी ३५ वर्षीय गंगाराम परियार, ३८ वर्षीय केशरबहादुर घर्ती, २८ वर्षीय प्यारी राना, १२ वर्षीय शेरबहादुर घर्ती, ६८ वर्षीय अम्बा पुन, २७ वर्षीय शोभा गिरी, ३७ वर्षीय सुनमालि कवर, ३३ वर्षीय पार्वती कवर, डेर महिनाकी बालिका तुलसी घर्ती बिरामी परेको उनले बताए ।

झाडापखालाबाट गम्भीर विरामी परेकाको उपचार जारी रहेको र हाल सामान्य अवस्था रहेको रावलको भनाइ छ । सरसफाइको कमी र फोहोर पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने उनले बताए ।

राजपुर गाउँपालिकामा अन्तरगत राजपुर स्वास्थ्य चौकी प्रमुख खिमबहादुर रावल, अहेव ताराप्रसाद विक, सामुदायिक स्वास्थ्य ईकाइ भैसाहीँनाकामा कार्यरत अहेव शिवप्रसाद यादव लगायतको टोली बिहीबार बेलुका नौबजे भारती भूमि प्रयोग गरी राति दुई बजे घटनास्थलमा पुगेर शुक्रबार दिनभर बिरामीहरूको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको घटनास्थलमा रहेका पत्रकार शिवु खनालले जानकारी दिए ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वली स्वास्थ्यकर्मी बोकेर नेपाल–भारत सीमावर्ती क्षेत्रमा पुगेका छन् । झाडापखाला र ज्वरो फैलिएको खबर आएपछि वडाध्यक्ष वली स्वास्थ्यकर्मीको टोली बोकेर सीमावर्ती क्षेत्र भैसाहीँनाका पुगेका हुन् ।

वडाध्यक्ष वलीले भने, ‘विरामीहरूको उपचार भइरहेको छ, नाकाबाट स्थानीयले खबर गरेपछि बिहीवार राती नै घटनास्थलमा पुगेका हौँ, अहिले क्रमिक रूपमा सुधार आएको छ । गाउँपालिका केन्द्रसंग समन्वय भइरहेको छ । थप जनशक्तिको आवश्यक परेमा स्वास्थ्यकर्मी थप गर्ने योजनामा छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *