बिस्कुटमा स्लिपिङ ट्याब्लेट मिसाई खान दिएर धनमाल चोरी गर्ने पक्राउ – Nepal Press

बिस्कुटमा स्लिपिङ ट्याब्लेट मिसाई खान दिएर धनमाल चोरी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले सार्वजनिक सवारीमा सँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुुट खान दिएर बेहोस बनाई चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा नं. ७ बस्ने ४९ वर्षीय राम बहादुर परियारलाई पक्राउ गरेको हो ।

गत साउन ५ गते साँझ चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा चेकप्वाइन्टमा सवारी चेकजाँच गर्ने क्रममा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग. १ ख. ९७१५ नं. को यात्रुबाहक बसमा सवार परियारले आफूसँगै सिटमा बसेका पर्वत चित्रे भञ्ज्याङ गाउँपालिका वडा नं. २ बस्ने कमलार्से गुरुङलाई बिष्कुटमा स्लिपिङ्ग ट्याबलेट मिसाई खुवाई बेहोस बनाएर धनामाल चोरेका थिए ।

प्रहरीले परियारलाई चोरी गरेकै अवस्थामा फेला पारेको थियो भने बेहोस गुरुङलाई अस्पताल लगिएको थियो ।

प्रहरीले परियारको साथबाट आधा खाएको अवस्थामा ३ प्याकेट ओआरइओ बिस्कुट, ४ थान घडी, २ थान पर्स, २ थान एटीएम कार्ड, १४ हजार ५२० रुपैयाँ नगद, सुनचाँदी पसलको बिल २ थान, मोबाइल ४ वटा, पाव बैंक एक थान, सिम कार्ड ४ वटा तथा स्लिपिङ ट्याब्लेटको २ पत्ता बरामद गरेको छ ।

उनीमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० को “चोरी तथा डाँका सम्बन्धी कसूर” मा प्रहरी बृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *