गठबन्धनका शीर्ष नेताहरूलाई कार्यदलले गर्‍यो ब्रिफिङ – Nepal Press

गठबन्धनका शीर्ष नेताहरूलाई कार्यदलले गर्‍यो ब्रिफिङ

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेता र चुनावी तालमेलको गृहकार्यका लागि गठित कार्यदलबीच आज छलफल भएको छ । कार्यदलले आज नेताहरूलाई हालसम्मको प्रगतिबारे ब्रिफिङ गरेको थियो ।

बैठकपछि पत्रकारहरूसँग बोल्दै सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेताहरूबाट कार्यदललाई चाँडो आफ्नो कार्यसम्पादन गर्न निर्देशन भएको जानकारी दिए ।

‘साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदललाई नेताहरूले दिनुभएको छ, हामी चाँडै निष्कर्षमा पुर्‍याउने बाटोमा लैजादैछौं,’ उनले भने ।

सिट बाँडफाँडबारे हालसम्म भएको सहमतिबारे कार्कीले कुनै जानकारी दिन चाहेनन् । ‘चाँडोभन्दा चाँडो काम सम्पन्न गरेर तपाईंहरुलाई सुसूचित गर्नेछाैँ,’ उनले भने । प्रतिनिधिसभा र प्रदेशसभाका सिटहरूको बाँडफाँड एकै चोटि गरिने पनि उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर