गृह मन्त्रालयलको निर्देशनले मुठभेट निम्त्याएकाे लघुवित्त संघर्ष समितिको आरोप – Nepal Press

गृह मन्त्रालयलको निर्देशनले मुठभेट निम्त्याएकाे लघुवित्त संघर्ष समितिको आरोप

काठमाडौं । लघुवित्त वित्तिय संस्थाविरुद्ध उत्रिएको संघर्ष समितिले गृहमन्त्रालयलको निर्देशनले मुठभेट निम्त्याएको आरोप लगाएको छ ।

संघर्षसमितिका अध्यक्ष मनिकराम ज्ञवालीको हस्ताक्षरमा जारी विज्ञप्तिमा गृह मन्त्रालयको पत्रले देशलाई अर्को मुठभेटतर्फ लगेको आरोप लगाइएको छ ।

‘गृह मन्त्रालयद्धारा जारी गरिएको पत्रले देशलाई अर्को मुठभेट तिर लैजान सक्ने देखिन्छ । लघुवित्त बैकर्स संघ र संघर्ष समितिबिच वार्ताबाट समस्या समाधान गर्र्नेसहमति नजिक पुग्दा मन्त्रालयबाट जारी भएको यसखालको पत्रले हाम्रो जितको पहिलो संकेत गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

आफुहरु सहमति र संवादको माध्यमबाट समस्या समाधान गर्न सधै तयार रहेको समितिले भनेको छ । अहिले देशभर ५८ लाख सदस्यमा ३३ लाख ऋणी र बचतकर्ता अन्यायमा परेका छौँ ।

गृहमन्त्रालयले भदौ १ गते संघर्ष समितिलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । लघुवित्त संस्थाको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले गत साउन ३० गते गृह मन्त्रालयलाई पत्र लेखेको थियो । लघुवित्त संस्थाहरु विरुद्ध संघर्ष समिति नामको अवैधानिक समूहले सुनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध सिर्जना गरेको भन्दै कारबाहीको माग गरेको थियो । सोहीअनुसार गृहले पत्राचार गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर