जनसंख्याभन्दा बढी बैंक खाता, झण्डै २ करोडले गर्छन् मोबाइलबाटै कारोबार – Nepal Press

जनसंख्याभन्दा बढी बैंक खाता, झण्डै २ करोडले गर्छन् मोबाइलबाटै कारोबार

काठमाडौं । नेपालको जनसंख्या भन्दा बढी बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म ४ करोड ४९ लाख ७१ हजार ९ सय ६९ वटा खाता बैंक तथा वित्तीय संस्थाले खोलेका छन् । यो भनेको नेपालको जनसंख्या भन्दा बढी हो ।

एकै व्यक्तिको विभिन्न बैंकमा खाता रहने गरेको देखिन्छ । पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना रहेका छन् । क, ख र ग वर्गका बैंकमा खोलिएको निक्षेप खाता हो । तर ऋण खाता भने अत्यन्त न्यून रहेको राष्ट्र बैंकले तथ्यांक प्रकाशित गरेको छ ।

हालसम्म क ख र ग वर्गका ६० वटा बैंक तथा वित्तीय संस्थामा १८ लाख २९ हजार ४४ वटा खाता रहेको छ ।

मोबाइल बैंकिङको पहुँच भने झण्डै २ करोड जनसंख्यामा पुगेको छ ।

एक करोड ८३ लाख ७ हजार २ सय २५ जना ग्राहक मोबाइल बैंकिङको पहुँचमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै १६ लाख ८४ हजार ३ सय १० जनाले इन्टरनेट बैंकिङको सुविधा लिएका छन् । १ करोड १२ लाख २ सय ७२ एटिएम कार्ड जारी भएको छ ।

यसमा डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *