ओलीको कटाक्ष– भ्रष्ट नेताहरुको अपराधिक गठबन्धनलाई जनताले पराजित गर्नेछन् – Nepal Press

ओलीको कटाक्ष– भ्रष्ट नेताहरुको अपराधिक गठबन्धनलाई जनताले पराजित गर्नेछन्

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैखाले गठबन्धनविरुद्ध एक्लै लड्न एमाले तयार रहेको भन्दै चुनावमा जनताले नेताको गठबन्धनलाई ठेगान लगाउने दाबी गरेका छन् ।

गृहनगर दमकमा स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिवटा दलको गठबन्धन बने पनि त्यो नेताको मात्र गठबन्धन भएको भन्दै त्यसमा जनता सहभागी नरहेको बताए ।

ओलीले भने– गठबन्धन जो सुकैले गरुन्,एमालेको सरकार बन्छ । किनभने गठबन्धनमा जनता छैनन्, नेतामात्र सामेल छन् । भ्रष्ट नेताहरुको अपराधी गठबन्धनलाई जनताले पराजित गर्नेछन् ।

अध्यक्ष ओलीले राजनीतिक रुपमा नसकेपछि प्रचण्ड–माधवहरुले कम्युनिष्ट पार्टिको सरकार ढाल्न प्रतिक्रियावादीको सहारा लिएर परमादेशमार्फत गठबन्धन बनाएको आरोप लगाए ।

ओली चुनावी तयारीका सिलसिलामा विहीवारदेखि गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी छन् ।


प्रतिक्रिया

One thought on “ओलीको कटाक्ष– भ्रष्ट नेताहरुको अपराधिक गठबन्धनलाई जनताले पराजित गर्नेछन्

  1. भ्रष्ट मात्र हैनन गठबन्धन सिधै विदेशीको दलाल निस्कियो। यसलाई माटोमा मिलाईएन भने देशै बेच्छ। आउने चुनावमा सबैले विचार गरौं।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *