पि. सिंहको चित्रकला ‘भ्रमण २०२२’ सम्पन्न – Nepal Press

पि. सिंहको चित्रकला ‘भ्रमण २०२२’ सम्पन्न

काठमाडौं । चित्रकार पि. सिंहले तयार पारेका चित्रहरू बौद्ध टुसालस्थित तारागाउँ कला संग्रहालयमा प्रदर्शनी गरिएको छ ।

नेपाल सेन्टर फर आर्ट एण्ड कल्चर इन्टरनेशनले आयोजना गरेको उक्त प्रदर्शनी साउन २९ देखि ३ दिन चलेको थियो । प्रदर्शनीको उद्घाटन अभिनेता निखिल उप्रेतीले गरेका थिए ।

बेलायतमा बसोबास गर्दै आएका चित्रकार पि. सिंह सफ्टवेयर इन्जिनियर हुन् । उनले बनाएका नेपाली भाषामा टाइप गर्ने टाइपशाला, नेपाली युनिकोड तथा सडक इन्जिनियरिङ्गसम्बन्धी सफ्टवेयर ‘राजमार्ग’ नेपाल तथा विदेशमा रहने नेपाली ईन्जिनियरहरू माझ उत्तिकै लोकप्रिय छ ।


उनलाई चित्रकला प्रदर्शनीमा सघाई रहेका विगतका वेब सहायक कपिल सागर कक्षपती सन् १९९९ मा ठमेल डट कममा ठमेल क्षेत्रभरिको व्यवसायलाई नक्साकिंत गर्न सिंहले बनाएको लोकेशन म्याप विश्वको पहिलो भएको र पर्यटन उद्योगलाई टेवासमेत पुर्‍याएको बताउँछन् ।

चित्रकला ‘भ्रमण २०२२’ प्रदर्शनीमा छोरी रोस्लिन सिंहले बनाएको चित्रकलासमेत गरी ३० चित्र प्रदर्शित थिए । उनकी छोरी रोस्लिनले भने वाटरकलर तथा पेन्सिलले बनाएका चित्रहरूलाई प्रदर्शनीमा राखेकी छन् ।

नेपाली ग्रामीण जीवन झल्किने गरी राखिएका चित्रहरू एक हजारभन्दा धेरैले अवलोकन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर