‘प्रेमगीत ३’ को दोस्रो टिजर नेपाली र हिन्दी भाषामा सार्वजनिक (भिडिओ) – Nepal Press

‘प्रेमगीत ३’ को दोस्रो टिजर नेपाली र हिन्दी भाषामा सार्वजनिक (भिडिओ)

काठमाडौं । पहिलो टिजरबाट विश्व बजारमा छुट्टै छाप छोड्न सफल चलचित्र ‘प्रेमगीत ३’ को दोश्रो टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज भएको सो टिजरले दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ र कलाकार सुनिल थापा देखिएका उक्त टिजरका दृश्यहरुलाई मेकरले एकदमै मनमोहक तरिकाले प्रस्तुत गरिएको छ । दुख र सङकटमा परेका प्रजाहरुले नायक पाउँदाको खुसीलाई टिजरले देखाउन खोजेको छ ।

असोजको ७ गतेबाट हिन्दी भाषामा भारतमा र नेपालमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ लाई सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशन गरेका हुन् ।

भिडिओ:

टिजर हिन्दी:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर