जसपाले तोक्यो उम्मेदवारको मापदण्ड, उम्मेदवार छनौटको कार्यक्रम पनि तय – Nepal Press

जसपाले तोक्यो उम्मेदवारको मापदण्ड, उम्मेदवार छनौटको कार्यक्रम पनि तय

काठमाडौं । जनता समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ ।

अस्ति र हिजो गरी दुई दिन बसेको बैठकले मापदण्ड तय गरेको हो । मापदण्डमा पार्टी र समाजमा लोकप्रिय, सक्रियता, दक्षता, निष्पक्षता, निरन्तरतालाई मूल मापदण्ड मानिएको छ ।

यस्तै निर्वाचन क्षेत्रको गहन अध्ययन गरी उम्मेदवार निर्क्योल गरिने र त्यसका लागि थप ७ वटा मापदण्डहरू तय गरिएका छन् ।

जसमा पार्टीको नीति, विचार र सिद्धान्त आत्मसात् गर्ने, संगठन सक्रिय, पार्टी तथा सामाजिक कार्यमा समर्पित हुने, स्वच्छ छवि र नैतिकवान् भएको, विजय हासिल गर्न सक्ने, सम्बन्धित जिल्ला र क्षेत्रको वस्तुस्थिति बुझेको र सुशासनको प्रत्याभूति दिन सक्ने उल्लेख छ ।

यस्तै उम्मेदवार छनौटको प्रक्रियाका विषयमा पनि निर्णय गरिएको छ । जसमा निर्वाचन क्षेत्र समन्वय समितिले भदौ ११ भित्र जिल्ला समन्वय समितिलाई नामावली पठाउने, जिल्ला समन्वय समितिले भदौ १६ गतेभित्र ५ जनाका दरले प्रदेश समितिमा पठाउने र प्रदेश समितिले प्रतिनिर्वाचन क्षेत्र ३ जनाको नाम भदौ २० भित्र संसदीय बोर्डमा पठाउने निर्णय गरेको छ ।

संसदीय बोर्डले ती नामहरूमाथि छानबिन गरी भदौ २५ गतेसम्म केन्द्रीय कार्यकारिणी समितिलाई पठाउने निर्णय उल्लेख छ । यसरी पठाउँदा समावेशितालाई पनि ध्यान दिनुपर्ने उल्लेख छ ।

यस्तै तेस्रो प्रस्ताव अनुसार निर्वाचन तयारी समितिका लागि १० बुँदाको टिओआर पनि बनाइएको छ ।


प्रतिक्रिया

One thought on “जसपाले तोक्यो उम्मेदवारको मापदण्ड, उम्मेदवार छनौटको कार्यक्रम पनि तय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर