उत्तेजित हर्क साम्पाङ फेसबुक लाइभमा : बालेनलाई चारैतिरबाट प्रहार गर्न आग्रह (भिडिओ) – Nepal Press

उत्तेजित हर्क साम्पाङ फेसबुक लाइभमा : बालेनलाई चारैतिरबाट प्रहार गर्न आग्रह (भिडिओ)

काठमाडौं । धरानका चर्चित मेयर हर्क साम्पाङ फेसबुक लाइभमा आएर आफ्ना विरोधीहरूप्रति आक्रोश पोखेका छन् । उनले फेरि एकपटक काठमाडौंका मेयर बालेन साहप्रति कठोर टिप्पणी गरे ।

धरानमा पनि फोहोरको समस्या रहेको भनेर हिजो एक रिपोर्ट प्रशारण गर्ने टेलिभिजनमाथि साम्पाङ खनिएका थिए । उनले फोहोर थुपार्ने ल्यान्डफिल्ड साइटको दृष्य देखाएर भ्रम पैदा गर्न खोजिएको आरोप लगाए । धरानका सडकमा कतै पनि फाहोर नभएको उनको दाबी थियो ।

आफू काठमाडौं गएर फोहोर सोहोर्नका लागि सबैलाई झक्झक्याएर आएको साम्पाङले बताए । बालेनलाई लक्षित गर्दै उनले भने, ‘जाबो बाटोको फोहोर सोहोर्न नसक्नेले, नेपालको क्यापिटल सिटीलाई डुङडुङ बनाउनेहरुले ठूलो गफ गरेर हुन्छ ?’

साम्पाङले फेसबुक लाइभमा अमर्यादित शब्दहरू पनि प्रयोग गरेका थिए । उनको भनाइ जस्ताको तस्तैः

काठमाडौं गइयो । काठमाडौंभरि बिजोक रहेछ । सडकको फोहोरसम्म उठाउन नसक्ने साथीहरूलाई काम गर है भनेको, अहिले ए केके भनेर गीत गाउँदैछन् । एउटा जी लेखेको मिडिया रैछ । त्यसले धरानमा पनि फोहोरको समस्या रैछ भनेर रिपोर्ट बनाएछ ।

हाम्रो ल्यान्डफिल साइटमा गएर खिचिएको रहेछ । बाटोउँधि त फोहोर छैन । बाटोमा फोहोर फाल्नेलाई फाइन तिराइहाल्छौं । जहाँनिर थुपार्छौं, जंगलको बीचमा त्यहाँ गएर एउटाले फुटेज बनाएछ, धरानमा पनि फोहोर छ भनेर । कहाँ छ धरानमा फोहोर ? नहुने कुरा गर्ने ?

सत्यलाई स्वीकार्न नसकेर साथीहरुमा जुन एकखालको भाको छ… मलाई अचम्म लाग्छ । काठमाडौंमा गएर हामीले केही कुरा भनिसकेपछि, मैले एउटा स्टाटस लेखिसकेपछि नै हो राष्ट्रिय युवासंघका साथीहरू भोलिपल्टदेखि जुट्नुभयो । निकै राम्रो काम गरिरहनुभएको छ । त्यहाँ गन्हाएर बसेका थिए साथीहरु । लहै काम गर है भनेको यो.. त्यो… भन्छन् ।

म चुनौती दिन्छु । काठमाडौंको फोहोर सोहोरिसकेपछि मात्रै बोल्नुहोला । यो काठमाडौंको फोहोर सोहोर्ने दायित्व नगरपालिकाको मात्रै पनि होइन । मन्त्रालयहरुलाई पनि भन्या छु मैले । मन्त्रीहरुले पनि हेर्नुपर्छ । सबैले मिलेर गर्ने हो । गर है… भनेको हे…हे…हे… अर्कै बुभ्नुभयो । खैर केही छैन । साथीहरूलाई लागेको कुरा गर्नुभो । तर, सत्य कुरा स्वीकार्नुपर्छ । हिनताबोध गर्नुहुँदैन ।

धरानमा फोहोर छ भनेर साथीहरूले भन्नुभो । कुन गल्लीमा छ मलाई भन्नुहोला । ५ मिनेटमा उठाउन लगाउँछु । हैट, हाम्रो कहाँ त्यस्तो हुन्छ ? ल्यान्डफिल साइटमा हेरेर हुन्छ ? त्यहाँ त फाल्ने नै हो । इटहरी दुर्घन्धित भयो रे । झूटो समाचार बनाएर दिग्भ्रमित नगर्नुहोला । म
मिडियाकर्मीहरूलाई भन्न चाहन्छु । फेसबुक चलाउन भनेर करोड रूपैयाँ छुट्याउनेहरूले केही त गरेका होला । अब तपाईं त्यो नगर्नुस् । नहुने नहुने कुरा नगर्नुस् । हुने कुरा गर्नुस् । सत्य कुरा स्वीकार्नुस् ।

जाबो बाटोको फोहोर सोहोर्न नसक्नेले, नेपालको क्यापिटल सिटीलाई डुङडुङ बनाउनेहरुले ठूलो गफ गरेर हुन्छ ? नहुने कुरा । सप्पैजनालाई भन्न चाहन्छु । जबसम्म फोहोर उठ्दैन मेरो प्रहार भइरहन्छ । त्यो शहर तपाईंहरूको मात्र होइन, हामी सबैको राजधानी हो । टुरिष्ट त्यो बाटो हुँदै आउने हो । गन्हाइरहेको छ भने को आउँछ ? नहुने कुरा ।

साथीहरूलाई म भन्न चाहन्छु । फोहोरमा फोहोरी राजनीति नगर्नुहोला । तपाईंहरु सबैलाई यही भन्न चाहन्छु । काम गरौं न । फोहोर सोहोरौं । सरसफाइ गरौं । कसैसँग आग्रह पुर्वाग्रह केही छैन मेरो । न कुनै दललाई न कुनै व्यक्तिलाई भन्नु छ । फोहोर सोहोर्नुपर्‍यो, काम हुनुपरो । फेसबुकमा मुख बजाउने साथीहरू काठमाडौंमा हुनुहुन्छ भने राष्ट्रिय युवा संघसँग जानुस् । युवाहरूले गरिराख्नुभएको छ । गन्हाउने फोहोरलाई डङ कि डङ हातले उ गरिराख्नुभएको छ । काम गर्नु छैन हावामा करायो, बस्यो । त्यो नगर्नुहोला ।

सबैलाई भन्न चाहन्छु । तपाईंहरू रचनात्मक हुनुस् । सत्यलाई स्वीकार्नुस् । फोहोरलाई फोहोर भन्नुस् । धरानले कसरी म्यानेज गरेको छ सिक्नुस् । शहरी विकासमन्त्री मेटमणि चौधरी पनि हेर्न आए । हामी फोहोरबाट ग्यास निकाल्दैछौं । मल बनाउँदैछौं । सिक्नु छैन, इगो हार्ट हुने ।

विशेषगरी यो लाइभ मेरो विरोधीहरूलाई है । तपाईंहरूको विरोधले हुन त के ख्यास्छ र ख्यास्न त होइन ? केही पनि ख्यास्दैन । म त आफ्नो बाटोमा हिँड्ने मान्छे हो । तर, मेरो विरोधले तपाईंहरुलाई निकै पोल्दोरहेछ । जुन दिनसम्म काठमाडौंको फोहोर सोहोरिँदैन, सफा हुँदैन, तबसम्म धरानले मात्र होइन चारैतिरबाट प्रहार गर्नुपर्छ त्यहाँ । काम न काजकाहरू ।


प्रतिक्रिया

10 thoughts on “उत्तेजित हर्क साम्पाङ फेसबुक लाइभमा : बालेनलाई चारैतिरबाट प्रहार गर्न आग्रह (भिडिओ)

  1. दुई चार वटा शब्दलाई फेरेर अलिकति सभ्य शब्द प्रयोग गर्न की ? मेयर ज्यु ।

  2. मेयर नै हो हैन र हर्क साङ्ग्पाङ्ग ? कुरा सुन्दा त अर्कै जस्तो लाग्यो न कि मेयर ..

  3. नेपालमा अटल र अडिग भन्ने शब्दनै सिकाएको छैन स्कुल तह बाटै जुन जोगि आयो कानै चिरिएको भन्ने भनाईलाई बचाउने अभियानमा सबै जुटेका हुन कि भन्ने शंका लाग्न थाल्यो ।।

  4. साम्पाङ जि, चुनावमा तपाईलाई जिताउनुपर्छ भनेर मैले पनि भनेको थिए र केहि मत मेरो कारणले पनि आएको छ। यो सत्यलाई तपाइले पनि स्विकार्नुहोला। तपाईमा अहमको गन्ध आइरहेको आभास भयो। धरान को बिकासको कुरा गर्नुहोला अर्ति र उपदेश दिने गुरु नबन्नुस्। यसो गर्न थाल्नुभयो भने तपाईको बौद्धिक स्तर जनता सामु छर्लङ हुन्छ। अरुको टिप्पणि नगर्नुहोला, आफ्नो काम राम्रोसग गर्नुहोला। धरानसङ अरुलाई नदाज्नुहोस्। बौद्धिक स्तर बढाउनुहोस्। सबै सहरको आफ्नो आफ्नो छुट्टै बिशेषता हुन्छ भन्ने कुरा पनि बुझ्नुहोला। धरानको बिकासको शुभकामना ।

  5. सत्य कुरो तितो हुन्छ हर्क ले ठिकै भनेको हो।

  6. धेरै उम्लपयाे भने पाेखिन्छ मृयर साव पालाे सबैकाे आउँछ । कटाछ्य गर्नुकाे सट्टा सुझाव दिन उपयुक्त हाेला । आफ्नाे खुट्टा आफै बन्चराे नहान्नुस मेयर साव ।

Leave a Reply to Sachin Bashyal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर