हर्क र बालेनलाई दीपकको कटाक्ष : लट्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ? – Nepal Press

हर्क र बालेनलाई दीपकको कटाक्ष : लट्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ ?

काठमाडौं । सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) माथि धरानका मेयर हर्कराज राई साम्पाङले गरेको घोचपेचबारे हास्यकलाकार दीपकराज गिरीले टिप्पणी गरेका छन् । काठमाडौंको फोहोर उठाउन नसकेको भन्दै हर्क साम्पाङले लगातार बालेनलक्षित अभिव्यक्ति र स्टाटस लेखिरहेका छन् ।

गिरीले सामाजिक सञ्जालबाट फेसबुकबाटै बालेन र साम्पाङलाई सचेत गराएका हुन् ।

कलाकार गिरीले फेसबुकमा लेखेका छन्, ‘लठ्ठी टेक्ने हो ! आपत् पर्दा बजाउने पनि हो !! लठ्ठी जुधाएरै भॉच्यौ भने के टेक्छौ के बजाउँछौ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *