एनएमबी बैंकको ‘स्मार्ट नारी बचत खाता’, यस्ता छन् सुविधा – Nepal Press

एनएमबी बैंकको ‘स्मार्ट नारी बचत खाता’, यस्ता छन् सुविधा

काठमाडौं । एनएमबी बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबी स्मार्ट नारी बचत खाता’ सुरू गरेको छ ।

महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन उक्त योजना अघि सारिएको बैंकले जनाएको छ ।

यसअन्तर्गत मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ भने निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याट लगायतका सुविधाहरू पनि रहेको छ ।

यस्तै यस खाताअन्तर्गत रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पाउन सकिनेछ । एनएमबी बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर