अपर तामाकोशीले एक सय प्रतिशत हकप्रद सेयर जारी गर्ने – Nepal Press

अपर तामाकोशीले एक सय प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आज साधारणसभा बस्दैछ । १:१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित साधारणसभा बस्न लागेको हो । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

अपर तामाकोशीको सेयर मूल्य ५ सय नजिक छ । तामाकोशीको १० करोड ५९ लाख किता सेयर नेप्सेमा सूचीकृत छ । ५२ अर्ब भन्दा बढी बजार पुँजीकरण यही कम्पनीको सेयरको मात्र छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर