राजु श्रीवास्तवको ‘ब्रेन डेड’, शरीरमा छैन कुनै हलचल – Nepal Press

राजु श्रीवास्तवको ‘ब्रेन डेड’, शरीरमा छैन कुनै हलचल

काठमाडौं । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राजुको ‘ब्रेन डेड’ भएको छ । उनको शरीरका कुनै पनि अंगले हलचल गरिरहेका छैनन् ।

राजुलाई दश दिन अगाडि जिम गर्दागर्दै हृदयाघात भएको थियो । दिल्लीको एम्स अस्पतालमा दश दिनको उपचारपछि पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार हुन सकेको छैन ।

राजुका मित्र एशान कुरेसीले भारतीय सञ्चारमाध्यमहरुलाई जानकारी गराएअनुसार राजु पछिल्लो २५-३० घण्टादेखि बेहोस छन् ।

यस्तै एम्स अस्पातलका चिकित्सकहरुले पनि राजुको ब्रेनले काम गर्न छोडेको र हाल उनलाई अक्सिजन सपोर्टमा राखिएको बताएका छन् । राजुको अवस्था गम्भीर भएसँगै हाल एम्स अस्पातलमा उनका परिवारजन र शुभचिन्तकहरुको भीड लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *