अमेरिकी ग्रीन कार्ड पाउन गोटाबाया राजपाक्षेले दिए निवेदन – Nepal Press

अमेरिकी ग्रीन कार्ड पाउन गोटाबाया राजपाक्षेले दिए निवेदन

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेले अमेरिकाको ग्रीन कार्ड पाउन निवेदन दिएका छन् । श्रीलंकाली राष्ट्रिय दैनिक डेली मिररले गोप्य स्रोतलाई उद्धृत गर्दै गोटाबायाले अमेरिकी ग्रिन कार्डको लागि प्रक्रिया अगाडि बढाएको दाबी गरेको हो ।

मिडिया रिपोर्टअनुसार गोटाबायाकी पत्नी र छोरासँग यसअघि नै अमेरिकाको ग्रीन कार्ड रहेको छ । चरम आर्थिक संकटबीच गोटाबाया गत महिना श्रीलंकाबाट भागेर माल्दिभ्स र सिगांपुर हुँदै अहिले थाइल्याण्डमा छन् ।

देशलाई आर्थिक संकटमा पुर्‍याउन राजपाक्षे परिवारको मुख्य भूमिका रहेको भन्दै उनीहरुविरुद्धको प्रदर्शन तीव्र भएपछि गोटाबाया देश छोडेर भागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *