जब रक्सीले मातिन् फिनल्याण्डकी प्रधानमन्त्री – Nepal Press

जब रक्सीले मातिन् फिनल्याण्डकी प्रधानमन्त्री

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन रक्सीले मातेर नाचिरहेको भिडिओ सार्वजनिक भएसँगै विवादमा तानिएकी छिन् ।

सानाको उक्त भिडिओ सामाजिक संजालमा भाइरल भएसँगै विपक्षी दलका नेताहरुले उनले लागू औषध समेत सेवन गरेको आरोप लगाउदै परीक्षण हुनु पर्ने माग गरेको छन् ।

सार्वजनिक भएको भिडिओमा साना आफ्न साथीहरुसँग नाच्दै गरेको देखिन्छ । लागुऔषध समेत प्रयोग गरेको आरोप लागेपछि सानाले आफुले मदिरा मात्र पिएको र परिक्षण गराउन समेत तयार रहेको बताएकी छिन् ।

‘मैले पिएको सत्य हो , नाचेको पनि सत्य हो मैले गैर कानुनी काम केही गरेकी छैन , उक्त भिडिओ खिचीएको छ भन्ने मलाई थाह थियो त्यो मेरो निजी भिडिओ थियो यसरी सार्वजनिक हुनु हुन्थेन । ’ उनले भनेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *