फिर्ता नागरिकता विधेयक खुला मनले बुँदाबुँदामा छलफल गर्नुपर्थ्यो: पूर्वसभामुख ढुंगाना – Nepal Press

फिर्ता नागरिकता विधेयक खुला मनले बुँदाबुँदामा छलफल गर्नुपर्थ्यो: पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले राष्ट्रपतिले फिर्ता पठाइदिएको नागरिकता विधेयक प्रतिनिधिसभाले पुनर्विचार नगरेर लोकतान्त्रिक संस्कारको विकासमा निराशा बढाएको बताएका छन् ।

एक ट्वीटमार्फत उनले नागरिकता विधेयक फर्काइएपछि पर्याप्त समय दिएर खुला मनले बुँदाबुँदामा छलफल गर्नुपर्थ्यो भनेका छन् ।

‘प्रथमतः राष्ट्रपतिले नागरिक विधेयक फर्काइदिएपछि पर्याप्त वा उचित समय दिएर खुल्ला मनले बुँदा बुँदा उपर हर दृष्टिकोणबाट पुनर्विचार गर्नै पर्दथ्यो’, ढुंगानाले लेखेका छन्, ‘प्रतिनिधिसभाले त्यसो गरेको देखिएन । तुजुकजस्तो भयो । लोकतान्त्रिक संस्कार विकासबारे निराशा बढायो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर