माओवादी स्थायी कमिटी बैठक बस्दै, टुंगिएला त पदाधिकारी ? – Nepal Press

माओवादी स्थायी कमिटी बैठक बस्दै, टुंगिएला त पदाधिकारी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा साढे ८ बजे बस्नेछ । आज बस्ने बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी चयन गर्ने भएका छन् ।

पटकपटक पदाधिकारी टुंग्याउने भनिएपनि अहिलेसम्मका बैठकले ठाेस निर्णय गर्न सकेकाे छैन । बुधबार नै प्रवक्ता कृष्णबहादुर महराले धेरै नाम फाइनल भइसकेकाे भन्दै बिहीबार नै सकिने बताएका थिए । तर, हिजाेकाे बैठक विभिन्न कारण देखाएर पटकपटक सारियाे ।

यसअघि बुधबार बसेको पार्टी बैठकले पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइसकेको छ । खासगरी महासचिवकाे विषयले कारण माओवादीमा पदाधिकारी चयन पेचिलाे बनेकाे छ ।

प्रचण्डले हिजोको बैठकमा देव गुरुङलाई महासचिव बनाउने संकेत दिएका थिए । उनले दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष, वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेललाई उपमहासचिव बनाउने चर्चा छ । प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने यसअघि नै नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर