गेटालाई चिकित्सा विश्वविद्यालयका रूपमा अगाडि बढाउन सरकारलाई समितिको निर्देशन – Nepal Press

गेटालाई चिकित्सा विश्वविद्यालयका रूपमा अगाडि बढाउन सरकारलाई समितिको निर्देशन

कैलाली । प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

५ अर्ब बढी लगानीमा करिब ९० प्रतिशत भौतिक पूर्वाधार सम्पन्न भएपनि सञ्चालनको स्वरूप बारे अन्यौलता कायमै थियो ।

यहि क्रममा असार १२ गते स्थलगत रुपमा पुगेको समितिले चिकित्सा विश्व विद्यालयको रुपमा स्थापना र सञ्चालन गर्न सकिने सरकारलाई आधार प्रस्तुत गरेको हो ।

‘स्वास्थ्य शिक्षाको विषयगत विशिष्टीकरण हुने गरि चिकित्सा विश्व विद्यालयको रुपमा स्थापना र सञ्चालन गर्न सकिने आधार देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ‘यस सन्दर्भमा शिक्षा तथा प्रविधि मन्त्रालयलाई आवश्यक कार्य अगाडी बढाउन निर्देशन दिन उपयुक्त छ ।’

कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर ५ का सांसद नारदमुनि रानाले संसद्मा पटक पटक गेटालाई विश्व विद्यालयको अवधारणा अनुसार अघि बढाउनु पर्ने बताउँदै आएका थिए ।
लेखराज भट्ट को पहलमा २०६५ सालमा बजेट विनियोजन गरिएको थियो । मेडिकल कलेज स्थापना र सञ्चालनमा पनि उनले दबाब दिइरहेको थिए । भट्टकै पहलमा केही समय अघि उद्योग वाणिज्य संघको सभा हलमा भएको कार्यक्रममा पनि अधिकांशले यसलाई विश्वविद्यालयको अवधारण अनुसार अघि बढाउन सुझाव दिएका थिए ।

मेडिकल कलेज वा विश्व विद्यालय भन्ने अन्यौलता सृजना भएपछि एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा समितिले अध्ययन सुरु गरेको हो ।
उक्त समितिले सार्वजनिक गरेको प्रतिवेदनमा अध्ययनका क्रममा अधिकांशले गेटालाई चिकित्सा विश्वविद्यालयको रुपमा स्थापना गरि सञ्चालन गर्नुपर्नेमा जोड दिएको उल्लेख गरिएको छ ।

गेटामा ६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्न पूर्वाधार बनिसकेको प्रतिवेदनमा उल्लेख छ । उहाँ२६ वटा आधुनिक भवन, १५० जना विद्यार्थी अट्ने कक्षाकोठा, लाइबेरी, छात्रावास, कुरुवा कक्ष, शव घर, अक्सिजन प्लान्ट भवन, लाउन्डी भवन, क्यान्टिन र प्रशासनिक भवन बनिसकेको छ ।

यस्तो छ शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर