बानेश्वरको आन्तरिक राजश्व कार्यालय सर्‍यो, आइतबारदेखि नयाँ भवनबाट सेवा प्रवाह हुने – Nepal Press

बानेश्वरको आन्तरिक राजश्व कार्यालय सर्‍यो, आइतबारदेखि नयाँ भवनबाट सेवा प्रवाह हुने

काठमाडौं । आन्तरिक राजश्व कार्यालय नयाँ बानेश्वरको सेवा प्रवाह अब नयाँ कायालय भवनबाट हुने भएको छ । नयाँ बानेश्वर चोकमा रहेको कार्यालय आइतबारदेखि निजामति अस्पतालको छेउबाट सञ्चालन हुने भएको छ ।

सिभिल अस्पताललाई देब्रे पारेर नेपाल कमर्स क्याम्पस (मिनभवन) जाने बाटोमा नयाँ कार्यालय सरेको र आइतबारदेखि सेवाग्राहीलाई सोही भवनबाट सेवा प्रवाह हुने कार्यालयका कर अधिकृत झविन्द्र पोखरेलले जानकारी दिए ।

नेपाल प्रेस र अन्तर्राष्ट्रिय रेडक्रस (आइसीआरसी)को कार्यालयसँगै आन्तरिक राजश्व कार्यालयको नयाँ भवन सन्चालनमा आएको छ । यद्यपि सो भवन पनि कार्यालयले भाडामा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *