वाईसीएलको राष्ट्रिय भेला शुक्रबारदेखि, नयाँ नेतृत्व चयन हुँदै – Nepal Press

वाईसीएलको राष्ट्रिय भेला शुक्रबारदेखि, नयाँ नेतृत्व चयन हुँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को दुई दिने राष्ट्रिय भेला शुक्रबारदेखि सुरु हुने भएको छ । काठमाडौंको राष्ट्रियसभागृहमा शुक्रबार बिहान ११ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेलाको उद्घाटन गर्नेछन् ।

गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन हुन नसकेकाले भेलाले वाईसीएलको नयाँ नेतृत्व छनोट गर्नेछ । भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशबाट गरेर ६ सय जना प्रतिनिधि सहभागी हुने वाइसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।

उनका अनुसार भेलामा केन्द्रीय समितिबाट एक सय ९६ जना, प्रत्येक जिल्लाबाट ३÷३ जना गरी २ सय ५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन वटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५ प्रतिशत केन्द्रीय कार्यालयबाट मनोनित गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् ।

यसअघि सम्पन्न भेलाले छिटै अर्को भेला गर्ने गरि सुमन देवकोटा संयोजक र सुवोद सिर्पाइली सहसंयोजक भएको राष्ट्रिय भेला आयोजक समिति बनाइएको थियो ।

उम्मेर हदका कारण संयोजक देवकोटाले वाईसीएलबाट बिदा लिनुपर्ने भएकाले अध्यक्षमा यसअघिका सहसंयोजक सुवोध शेपाईली हुने निश्चित जस्तै छ । वाईसीएलमा ४० वर्षे उमेर हदको व्यवस्था गरिएको छ ।

देवकोटालाई संयोजक बनाउँदा पनि उनलाई पछि अध्यक्ष बनाइने आश्वासन दिएकाले सिर्पाइली अध्यक्षमा निश्चित जस्तै भएका हुन । उनी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका छन् ।

अध्यक्षमा सिर्पाइली पक्का जस्तै हुँदा महासचिवमा अकाक्षी भने धेरै जना देखिएका छन् । महासचिवमा गणेश शाही, ज्ञानबहादुर गुरुङ र मिङ्माडन्डु शेर्पाको बढी आकाक्षी देखिएका छन् । गुरुङ र शाही पार्टीका बैकिल्प केन्द्रीयसदस्य समेत रहेका छन् ।

वाईसीएलमा अध्यक्ष, नौ उपाध्यक्ष, महासचिव, २३ सचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । विधान संशोधन गरेर उपमहासचिव थप्नुपर्ने आवाज उठिरहेकाले सचिवको संख्या केही घट्न अनुमान गरिएको छ ।


प्रतिक्रिया

One thought on “वाईसीएलको राष्ट्रिय भेला शुक्रबारदेखि, नयाँ नेतृत्व चयन हुँदै

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर