रोकिएनन् साम्पाङ, बालेन्द्रविरुद्ध अर्को स्टाटस – Nepal Press

रोकिएनन् साम्पाङ, बालेन्द्रविरुद्ध अर्को स्टाटस

काठमाडौं । धराने मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध शब्दवाण जारी राखेका छन् । हिजो बेलुकीदेखि बालेनमाथि खनिन थालेका साम्पाङको नयाँ स्टाटस आएको छ ।

साम्पाङले बालेनलाई लक्षित गर्दै लेखेका छन्, ‘फोहोरसम्म सोहोर्न नसक्नेले के फुुँईं लाउनु बेकारमा । फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ।’

उनले जनतालाई हावा गफ होइन काम चाहिएको पनि बताएका छन् । हिजोदेखि आजसम्म बालेनविरुद्ध साम्पाङको यो पाचौं स्टाटस हो । बालेनले भने एउटा स्टाटसको जवाफ फर्काएपछि मौन बसेका छन् ।


प्रतिक्रिया

3 thoughts on “रोकिएनन् साम्पाङ, बालेन्द्रविरुद्ध अर्को स्टाटस

  1. जनचाहनाका दुबै स्वतन्त्र मेयरहरु प्रतिको‌ टिप्पणी सटिक सहिछ।दुबैमा सालिनता र परीपक्व आउन जरुरी छ।

  2. हर्के माओवादीबाट संचालित भएको आभास भएको छ। कतै खुमलटार दरबार र बालुवाटार दरबारबाट ब्रीफकेस उपहार त पाएका थिएनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर