दक्षिण कोरिया पठाईदिन्छु भन्दै साढे ७ लाख ठगी गर्ने पक्राउ – Nepal Press

दक्षिण कोरिया पठाईदिन्छु भन्दै साढे ७ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, २ भदौ । दक्षिण कोरिया पठाइदिन्छु भन्दै नगद ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ सितापाइला बस्ने झापा अर्जुनधारा नगरपालिका–८ घर भएका ३४ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ मुक्पाटर घर भई काठमाडौं महानगरपालिका–१५ स्वयम्भु बस्ने ४० वर्षीय पुरुषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपैयाँ तलव पाउने गरी काम लगाइ दिने र यसका लागि नगद १० लाख रुपैयाँ लाग्छ भनि प्रलोभनमा पारी नगद ७ लाख ५० हजार रुपैयाँ लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *