केसिमिरोमा म्यान्चेस्टर युनाइटेडको नजर – Nepal Press

केसिमिरोमा म्यान्चेस्टर युनाइटेडको नजर

काठमाडौं । म्यान्चेस्टर युनाइटेडले रियाल मड्रिडका ब्राजिलियन मिडफिल्डर केसिमिरोलाई भित्र्याउने दृष्टिकोण बनाएको छ ।

युनाइटेडले केसिमिरोलाई ६० मिलियन पाउन्डसम्मको प्रस्ताव राख्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

दुई खेलमा लगातार हार बेहोरेर तालिकाको पुछारमा रहेको युनाईटेड जान यदि केसिमिरो सहमत भएमा ३० वर्षीय केसिममिरो क्लबमा सबैभन्दा धेरै कमाउने खेलाडी बन्नेछन् ।

खेलाडीहरुको माग बढी रहँदा युभेज्टसका एड्रियन रावियोर्टलाई भित्र्याउने बार्ता भएपनि युनाइटेडले प्रशिक्षक टेन हागको मिडफिल्डमा भएका कसमकम्जोरिहरुलाई सम्बोधन गर्दै केसिमिरोमा ध्यान केन्द्रित गरेको हो ।

केसिमिरो सन् २०१३ देखि रियाल मड्रिडमा खेल्दै आइरहेका छन् । केसिमिरो विश्वको उत्कृष्ट मध्यका डिफेन्सिभ मिडफिल्डर हुन् । रियालबाट खेलेका २ सय २२ खेलबाट उनले २४ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *