राप्रपा नेपालमा एक महिना पनि टिकेनन् राजभण्डारी, फर्किए राप्रपामै – Nepal Press

राप्रपा नेपालमा एक महिना पनि टिकेनन् राजभण्डारी, फर्किए राप्रपामै

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष दिलविकास राजभण्डारी पार्टी परित्याग गर्दै राप्रपामा फर्किएका छन् । २७ दिनअघि मात्रै राप्रपा छोडेर राप्रपा नेपालमा आएका उनी फेरि पुरानो पार्टीमा फर्किएका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै राजभण्डारीले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले राप्रपा नेपालमा सहभागी भए पनि त्यो प्रयास सफल नभएको बताएका छन् । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको पक्षमा राष्ट्रिय वातावरण तयार गर्नका लागि वर्तमान अवस्थामा राप्रपालाई नै बलियो बनाउनुको विकल्प नरहेको उनको निष्कर्ष छ ।

‘मुलुकभरका राष्ट्रवादी मित्रहरु, शुभचिन्तकहरु तथा पार्टीका नेता–कार्यकर्ताको अवरल दवाव, भावना अनुसार मैले हुर्काएको बढाएको र संरक्षण गरेको मेरो पार्टी राप्रपामा फर्किने निर्णय लिएको छु,’ विज्ञप्तिमा भनिएको छ ।

राजभण्डारीसहितका चार जना नेताहरुले गत साउन ३ गते राप्रपा परित्याग गरेका थिए । उनीहरु सबै दुई दिनपछि राप्रपा नेपालमा प्रवेश गरे । सो पार्टीका अध्यक्ष कमल थापाले साउन ५ गते राजभण्डारीलाई उपाध्यक्ष नियुक्त गरेका थिए । तर, राजभण्डारी एक महिना पनि राप्रपा नेपालमा टिकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर