राष्ट्रपतिको सुझाव सम्बोधनबिना नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत – Nepal Press

राष्ट्रपतिको सुझाव सम्बोधनबिना नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो ।

सभामुख अग्नी सापकोटाले विधेयकको पक्ष र विपक्षमा मतदान गराएका थिए । एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए ।

सभामुख अग्नी सापकोटाले विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको भन्दै नागरिकता विधेयक बहुमतबाट पारित भएको घोषणा गरे । प्रतिनिधिसभाबाट विधेयक पारितसँगै अब राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाबाट पारित भएपश्चात प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष पेश गरिने छ । यसपटक राष्ट्रपतिसामू विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन ।

राष्ट्रपति अघिल्लोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा ८ बुँदे ध्यानाकर्षणसहित संसदलाई फिर्ता पठाएकी थिइन् । उनले उल्लेख गरेका बुँदाहरुलाई सम्बोधन नगरी जस्ताको तस्तै पारित गरिएको हो ।

आजको बैठकमा प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए ।


प्रतिक्रिया

4 thoughts on “राष्ट्रपतिको सुझाव सम्बोधनबिना नागरिकता विधेयक हुबहु पारित, पक्षमा १३५ र विपक्षमा ६० मत

  1. यो कलंकीत दुस्कर्मको साझेदार बनेर गएु, समयले ती सबै कर्महरुको हिसाव लिने छ !!

  2. राष्ट्रघातीहरूको राष्ट्रघातको हिसाव किताव जनताले गर्नेछन्। कम्तिमा आगामी चुनावमा यि लेण्डुपेहरूलाई हराएनौं भने देश सिक्किमीकरणको बाटोमा गयो। हाम्रा भावि सन्ततिले चरम दुख पाउनेछन्। सबैलाई सोचविचार गरेर गठबन्धनलाई हराएर देश जोगाउन आग्रह गर्दछु।

  3. १३५ जनाबाट नेपाल आमा बलत्क्रित् भइन् आज, सामुहिक बलत्कार !! चिनी राख है जनता नालायक बलत्कारीहरुलाई !! फिर्ला नि दिन, एक एक हिसाब उठाउनु पर्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर