नागरिकता विधेयक : सत्तारुढ गठवबन्धनकी दुर्गाले गरिन् विपक्षमा मतदान – Nepal Press

नागरिकता विधेयक : सत्तारुढ गठवबन्धनकी दुर्गाले गरिन् विपक्षमा मतदान

काठमाडौं । संसदमा निर्णयार्थ प्रस्तुत नागरिकता विधेयकमाथिको मतदानमा सत्तारुढ गठबन्धनमा विभाजन देखिएको छ । गठबन्धनभित्रको एक दल राष्ट्रिय जनमोर्चा विधेयकको विपक्षमा उभिएको छ ।

राजपाकी एक्ली सांसद दुर्गा पौडेलले विपक्षमा मतदान गरेकी हुन् । सभामुखले मतविभाजनका क्रममा विधेयकको पक्षमा रहेका सांसदलाई आफ्नो आसनको दायाँ तर्फ र विपक्षमा रहेकालाई दायाँ तर्फ गएर दस्तखत गर्न भनेका थिए । सत्तारुढ गठवन्धनका सबै सदस्यहरु मतदानका लागि दायाँतर्फ लाग्दा दुर्गा भने बायाँबायाँ तर्फ लागिन् ।

नागरिकता विधेयकको मतदानमा एमालेका सांसदहरुले विपक्षमा मतदान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर