सार्वजनिक बिदामा पनि निर्वाचन आयोगको कार्यालय खुल्ने – Nepal Press

सार्वजनिक बिदामा पनि निर्वाचन आयोगको कार्यालय खुल्ने

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि निर्वाचन आयोग र आयोग मातहतका कार्यालय खुल्ला रहने भएका छन् । आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सार्वजनिक बिदाको दिनमासमेत खुला रहने आयोगले जनाएको हो ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्य नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा कार्यसम्पादन गर्नका लागि यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार निर्वाचन आयोगको सचिवालय, ७ वटै प्रदेश निर्वाचन कार्यालय र ७० वटै जिल्ला निर्वाचन कार्यालय प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म सार्वजनिक बिदाका दिनमासमेत खुला रहने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *