सिरहा क्षेत्र नं. ४ मा उम्मेदवारी दिने जसपाका डा महतोको घोषणा – Nepal Press

सिरहा क्षेत्र नं. ४ मा उम्मेदवारी दिने जसपाका डा महतोको घोषणा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का डा. विरेन्द्र महतोले आगामी आम निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सत्ता गठबन्धनमा आवद्ध दलहरु सिट बाँडफाँड गर्नेबारे छलफल गरिरहेका बेला डा. महतोले जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् । सिरहामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यो पटक उम्मेदवारी दिने र तयारी सुरु गरिसकेको बताए ।

०७४ सालको निर्वाचनमा क्षेत्र ४ बाट तत्कालीन राजपाको तर्फबाट राजकिशोर यादव निर्वाचित भएका हुन् । अहिले उनी जसपामा छन् । उनी पनि उम्मेदवारी दिने तयारी थालेका छन् ।

हुन त अहिले गठबन्धनले सिट बाँडफाँड गर्न सकेका छैन । यदि यो क्षेत्र जसपाकै भागमा परेपनि उम्मेदवार टुङ्गो लगाउन समस्या हुने देखिएको छ । डा. महतो उद्योगपति उपेन्द्र महतोका भाई हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर