विगत सम्झिन चाहान्नँ, एन्फाले दिएको अवसरप्रति कृतज्ञ छु : प्रशिक्षक हुमागाईं – Nepal Press

विगत सम्झिन चाहान्नँ, एन्फाले दिएको अवसरप्रति कृतज्ञ छु : प्रशिक्षक हुमागाईं

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंले आफुलाई एन्फाले दिएको अवसरप्रति कृतक्ष रहेको बताएका छन् ।

असोज ११ गते दशरथ रंगाशालामा आयोजना हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले हुमागाईंलाई अबदुल्लाहको अनुपस्थितिमा नियुक्त गरेको थियो ।

बिहीबार एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई प्रशिक्षक–खेलाडी विवादका बारेमा केही कुरा मात्रै थाहा भएको र त्योबारे बोल्न नचाहेको पनि बताएका छन् ।

यसअघि नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटिी फुटबल क्लबको जिम्मेवारि सम्हालेका हुमागाईं सुरुवाती खेलमा राम्रो नतिजा दिन नसकेपछि बर्खास्त भएका थिए । यस्तै उनको प्रशिक्षणमा थ्रिस्टार क्लब ए डिभिजन लिग च्याम्पियन समेत बनेको थियो ।

तर, फुटबल अहिले पहिला भन्दा परिवर्तन भएको र ए डिभिजन र एएसएलको नतिजाले फरक नपार्ने बताए । ‘त्यो विगत हो विगतमा के भयो सम्झिएर फाइदा छैन, आगामी दिनमा राम्रो गर्ने हो,’ उनले भने ।

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई प्रशिक्षक हुमागाईंले डाकेका छन् । यस्तै अहिलेको लक्ष्य भनेको ४० मध्येबाट उत्कृष्ट खेलाडी छनोट गरेर अन्तिम नामावली सार्वजनिक गर्ने र बंगलादेशविरुद्ध जित निकाल्ने रहेको पनि उन्ले प्रष्ट पारेका छन् ।

‘अहिले म कसरी उत्कृष्ट टिम बनाउन त्यसमै लागेको छु । कसरी हुन्छ बंगलादेशविरुद्ध जित निकाल्ने हो,’ उनले थपे ।

प्रारम्भिक चरणमा छनोट भएका ४० खेलाडीको प्रशिक्षण भोलिदेखि अर्मीको मैदानमा सुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर