राप्रपाले थाल्यो हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग, पहिलो दिनमै एक करोडको प्रतिबद्धता – Nepal Press

राप्रपाले थाल्यो हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग, पहिलो दिनमै एक करोडको प्रतिबद्धता

काठमाडौं । राप्रपाले नेपालले हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ ।

वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वान सहित आजदेखि “कोष वृद्धि“ अभियान सुरु गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

काठमाडौंमा आज आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् ।

अकारण र जनतालाई गुमराहमा राखेर जनअनुमोदन बिना नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने दुष्कार्य भएकाले सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउनेछ । यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ ।

कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ–सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सकिने व्यवस्था राप्रपाले गरेको छ ।

अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ । बैंकको खाता नम्बर ०४७००१०१०२९०९१०००००१ मा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर