नेप्सेमा २७ अंकको वृद्धिसँगै सबै समूहमा हरियाली – Nepal Press

नेप्सेमा २७ अंकको वृद्धिसँगै सबै समूहमा हरियाली

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोर अंकको वृद्धि भएको छ । आजको दिन २७.५६ अंकले बढेको बजार २०६८.२६ विन्दुमा अडिएको छ । बजार समग्रमा १.३५ प्रतिशतले बढेको हो ।

करोबारमा आएका सबै समुहमा हरियाली छाएको छ । २२० कम्पनी सहभागी भएको आजको कारोबारमा २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आज मन्दाकिनी हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले बढेको यी कम्पनीको सेयर मूल्य क्रमशः २८७.१० रुपैयाँ र ३९२.१० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर