जेभियर एकेडेमीले मनायो रजत जयन्ती – Nepal Press

जेभियर एकेडेमीले मनायो रजत जयन्ती

काठमाडौं । जेभियर एकेडेमीले मनायो रजत जयन्ती मनाएको छ । सुरुवातदेखि नै सञ्चालन गरेको पाठ्यक्रमसँग सम्बन्धित तथा अन्य अतिरिक्त कार्यक्रमले जेभियर एकेडेमी राम्रो शैक्षिक संस्थाभित्र पर्छ ।

रजत जयन्तीको अवसरमा यस संस्थाले नेपालका तीन सामाजिक परिवर्तनकर्तालाई सम्मान गर्ने निर्णय गर्यो । सो निर्णय अनुसार कर्ण पोजेटिभ ट्रस्टका संस्थापक कर्ण शाक्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्मान गरेको छ ।

अन्य दुई सामाजिक परिवर्तनकर्ता माइती नेपालकी संस्थापक अनुराधा कोइराला र राष्ट्रिय आविष्कार केन्द्रका, संस्थापक डा. महावीर पुनको रजत जयन्ती समारोहमा उपस्थिति रहेन ।

अब जेभियर एकेडेमीका अध्यक्ष प्रा.डा श्रीराम भगत माथेले अनुराधा कोइराला र डा. महावीर पुनलाई दुई दुई लाख पचास हजारको चेक हस्तान्तरण गर्ने भएका हुन् । चेकको रकमले पच्चिस वर्षको सफल सञ्चालको महत्व र उपलब्धिलाई प्रतिविम्बित गर्दछ ।

लाजिम्पाटमा स्थापित जेभियर एकेडेमी विज्ञान र व्यवस्थापन सङ्कायका लागि देशको उत्कृष्ट प्लस २ का रूपमा चिनिन्छ । जेभियर एकेडेमीमा अध्ययन गरेका ५ हजार ५०० जनापूर्व विद्यार्थीले विगत २५ वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट शैक्षिक तथा व्यक्तित्व निर्माण गर्ने संस्थाका रूपमा यसलाई चिनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर