घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार? – Nepal Press

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला तीन सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर रु एक हजार एक सय ९५ तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *