रामेश्वर दंगालले सम्हाले राजस्व सचिवको जिम्मेवारी – Nepal Press

रामेश्वर दंगालले सम्हाले राजस्व सचिवको जिम्मेवारी

काठमाडौं । राजस्व सचिव रामेश्वर दंगालले आज पदभार ग्रहण गरेका छन् । कृष्णहरि पुस्करलाई अर्थसचिव बनाएपछि दंगाललाई राजस्व सचिवको जिम्मेवारी दिइएको थियो ।

गत साता मन्त्रिपरिषद् बैठकले उनलाई राजस्व सचिव बनाउने निर्णय गरेको थियो । तर, मुख्य सचिव शंकरदास बैरागी बिरामी हुँदा दंगालले एक सातापछि मात्रै राजस्व सचिव बनेको पत्र पाएका थिए । गत पुसमा सचिव बढुवा भएका दंगालसँग अख्तियारमा सहसचिव भएर काम गरेको अनुभव छ ।

बजेट निर्माण प्रक्रिया विवादित बनेपछि तत्कालीन अर्थसचिव मधुमार मरासिनी बिदामा बसेका थिए । उनले अर्थमन्त्रालयमा मन्त्री जनार्दन शर्मासँग काम गर्न अनिच्छा देखाएसँगै प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *