ताइवानी आकाशमा गस्ती गर्दै चिनियाँ विमान – Nepal Press

ताइवानी आकाशमा गस्ती गर्दै चिनियाँ विमान

काठमाडौं । ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमन्डलको स्वशासित टापुको भ्रमण गरिहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।

पिपुल्स लिबरेसन आर्मी एयर फोर्स ९पीएलएएएफ०का १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् ।

यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणको विरोधमा चीनले ताइवानको रक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । उनको भ्रमणको चीनले निन्दा गरेको थियो । ताइवानलाई चीनले आफ्नो अभिन्न अंश मान्छ भने ताइपेइले आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश ठान्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *