बालेनलाई हर्क साम्पाङको आक्रोशित चेतावनीः मुख बजाउन छोडेर पाखुरा बजाउ नालायक हो – Nepal Press

बालेनलाई हर्क साम्पाङको आक्रोशित चेतावनीः मुख बजाउन छोडेर पाखुरा बजाउ नालायक हो

काठमाडौं । स्वतन्त्र उम्मेद्वारी दिएर चुनाव जितेका दुई चर्चित मेयर बालेन्द्र साह र हर्क साम्पाङबीच फेसबुकमा जुहारी चलेकाे छ ।

काठमाडौंकाे फाेहाेरका विषयमा हर्कले व्यंग्यात्मक स्टाटस लेखेपछि बालेन्द्रले पेचिलाे जवाफ फर्काएका छन् ।

धरानबाट काठमाडाै आउनासाथ हर्कले यहाँ थुप्रिएकाे फाेहाेरबारे फेसबुकमा टिप्पणी गरेका थिए। त्यसबेला बालेन माैन बसेका थिए । आज फेरि हर्कले अर्काे स्टाटस लेखेपछि बालेनले फेसबुकमै जवाफ दिएका हुन् ।

हर्कले लेखेका छन्, `जसले जे भनाेस तर म काठमाडाैं नआएकाे भए फाेहाेर उठ्ने थिएन रैछ । कमसेकम काम त सुरू गरे ।´

त्यसमा बालेनले कटाक्षपूर्ण जवाफ  दिए, `तपाईंकै लौरो चुनावचिन्ह लिएर मैले चुनाव पनि त जितेकाे हाे नि ।´

हर्ककाे स्टाटसमा २७ हजार भन्दा बढी लाइक र सात हजारभन्दा बढी कमेन्ट आएकम छन् । बालेनकाे जवाफमा पनि ६ हजारभन्दा बढी लाइक आएकाे छ ।

बालेनकाे जवाफपछि हर्क चुप बसेनन् । उनले बालेनलाई अर्काे स्टाटस लेखे ।

उनकाे दाेस्राे स्टाटस छ,`आलाेचना  नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !´

उनी यतिमा राेकिएनन् । केहीबेरपछि झन् कडा स्टाटस लेखेका छन् । यसमा उनले अमर्यादित शब्द प्रयाेग गरेका छन्

उनकाे नयाँ स्टाटस छ, `देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो… तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका हो।´

यसमा भने बालेनकाे जवाफ आएकाे छैन । कमेन्टमा धेरैले हर्कलाई संयमित बन्न र पाेस्ट कम गर्न सुझाव दिएका छा् । बालेनकाे जवाफलाई भने समर्थकले `स्याभेज´ भन्दै प्रतिक्रिया दिएका छन् ।

बालेन र हर्क दुवै सामाजिक सञ्जालमा अति सक्रिय मेयर हुन् । संयाेगवस दुवैले उही लाैराे चुनावचिन्ह लिएर चुनाव लडेका थिए । उनीहरूकाे हरेक कुरा तुलना हुने गरेकाे छ ।

 


प्रतिक्रिया

3 thoughts on “बालेनलाई हर्क साम्पाङको आक्रोशित चेतावनीः मुख बजाउन छोडेर पाखुरा बजाउ नालायक हो

  1. एक महिनाको लागि हर्कलाई काठमाडौं र बालेनलाई धरान पठाउनपर्ला जस्तो छ, अनि दुबै ठाउंको समस्या सुल्झन्छ वा दुबैले केही न केही सिक्लान् ।

  2. यो चाहिँ हर्क साङ्गपाङ्गको बचपना हो कि? कि उनी जान्दैनन् कि भारी बढी भयो ।

  3. काठमाडौंको फोहोर के कारणले नउठेको हो कुरै नबुझी प्रतिक्रिया दिएको देख्दा यो हर्क भन्ने मान्छे सन्काहा स्वभावको छ जस्तो लाग्यो। यस्तो मान्छेको उन्नती र अवतरण चाँडो चाँडो भएको देखिएको छ काठमाडौंको नानीमैंयाको जस्तै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर