ज्वरोले सताइएकी हिमानी अस्पताल भर्ना – Nepal Press

ज्वरोले सताइएकी हिमानी अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि ज्वरो र घाँटी दुख्ने समस्याका कारण उनलाई मेडिसिटी अस्पतालमा आज भर्ना गरिएको हो ।

हिमानी ट्रष्टको कार्यक्रममा लागि उनी गत २४ साउनमा अष्ट्रेलिया गएकी थिइन् । तर, अस्वस्थताका कारण उनी निर्धारित तालिकाभन्दा दुई दिन अघि नै नेपाल फर्किइन् । हिमानी ट्रष्ट अष्ट्रेलियाले संसद र मन्त्रीहरुसँग राखेको कार्यक्रम समेत छोडेर उनी हिजो नेपाल आएकी हुन् ।

नेपाल फर्किएपछि पनि स्वास्थ्यमा सुधार नभएपछि मेडिसिटीको इएनटी डिपार्टमेन्टमा राखिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “ज्वरोले सताइएकी हिमानी अस्पताल भर्ना

  1. सिघ्र स्वास्थ्य लाभको कामना !!

Leave a Reply to लाल कुमार राई Cancel reply

Your email address will not be published. Required fields are marked *