अर्काको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर रसिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ – Nepal Press

अर्काको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर रसिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले निरज पाण्डेयको हराएको नागरिकताको दुरुपयोग गरी कम्पनी खोलेर विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पाण्डेयको जिल्ला प्रशानस कार्यालय, कञ्चनपुरको सक्कल नागरिकताको प्रमाण पत्र हराएको थियो । नागरिकता भेटेर दुरुपयोग गर्ने मध्यपुर थिमि भक्तपुरका सुरेश भनिने प्रदीप कर्मचार्य, बैंकमा पोण्डेयको नाममा खोल्ने मुगु खत्याड गाउँपालिकाका विशाल कार्की र खत्याडकै रामकृष्ण रावतलाई पक्राउ गरिएको केन्द्री अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जनाए ।

उक्त नागरीकता भेटेर उनीहरुलले नागरिकताको दुरुपयोग गरी कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा २०७८ मंसिर २८ गते  दर्ता नं. २७९५९६-०७८/०७९ एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रा.लि. नामको प्राईभेट कम्पनी दर्ता गरेको थिए ।

पाण्डेयकै हराएको नागरीकता पेश गरी सेञ्चुरी बैंकमा खाता नम्बर १३७००००१३८सी५ र कुमारी बैंकमा खाता नम्बर ०३७०१२९२७३००००१ खोली वैदेशिक रोजगारमा रसिया पठाई दिने भन्दै आफ्नै नामबाट सर्वसाधारणलाई ठगी गरेको भन्दै पाण्डेयले उजुरी दिएका थिए ।

उनीहरुले ज्ञानेश्वरस्थित घरमा अफिस खडा गरी ठगी कार्य गरेका थिए । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको ब्यूरोले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर