आफ्नो भविष्यलाई लिएर उठेका प्रश्नबारे सत्यता खुलासा गर्दै रोनाल्डो – Nepal Press

आफ्नो भविष्यलाई लिएर उठेका प्रश्नबारे सत्यता खुलासा गर्दै रोनाल्डो

काठमाडौं । म्यान्चेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यका बारेमा आएका विभिन्न झुटा टिप्पणीहरुको सत्यताको चाँडै खुलासा गर्ने बताएका छन् । यो समर ट्रान्सफरमा युनाइटेड छोड्न चाहेका रोनाल्डोलाई उनी बिक्रीका लागि हैनन् भन्दै प्रशिक्षक टेन हागले उनलाई रोकेका थिए ।

तर अब सेप्टेम्बर १ मा ट्रान्सफर विन्डो बन्द हुनुअघि युनाइटेडले ३७ वर्षीय रोनाल्डोलाई बिदा दिनो अनुमान गरिएको छ ।

‘एकदुई हप्तापछि अन्तर्वार्ता लिँदा सबै सत्य थाहा हुनेछ,’ रोनाल्डोले भनेका छन् । यसअघि रोनाल्डोलाई एटलेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले भित्र्याउन चाहेको कुनै सामाजिक सञ्जालको पोष्टमा कमेन्टमार्फत लेखेका थिए ।

तर त्यो सत्य नभएको रोनाल्डोले प्रष्ट पारेका छन्, ‘मिडियाहरुले झुट बोलिरहेका छन्, मसँग एउटा नोटबुक छ र पछिल्ला मैले केही महिनादेखि सय भन्दा बढी मेराबारेमा लेखिएका समाचारमा पाँच वटा मात्रै सही थिए । यो कस्तो अवस्था हो कल्पना गर्नुहोस्,’ उनले भने ।

गत वर्ष एक सिजनको सम्झौता बाँकी छदै रोनाल्डो युभेन्टसबाट युनाइटेड आएका थिए । यद्यपि उनी युनाइटेड आएपछि युनाइटेडले गत सिजन प्रिमियर लिग छैठौं स्थानमा रहेर सकेको थियो । जसका कारण युनाइटेडले च्याम्पियन्स लिग छनोट पनि गुमायो ।

अहिले नयाँ सिजनको सुरुवातमा लगातार दुई खेलमा हार बेहोरेको युनाइटेड सन् १९९२–९३ पछि पहिलो पटक तालिकाको पुछारमा छ ।

गत सिजन रोनाल्डो २४ गोलसहित युनाइटेडका सर्वाधिक गोलकर्ता भएका थिए । तर, उनले थाइल्यान्ड र अस्ट्रेलियामा भएको प्रिसिजन टुर भने गुमाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *