नेपाल आइपुगे कार्यवाहक प्रशिक्षक हुमागाईं, एन्फाले गर्‍याे स्वागत – Nepal Press

नेपाल आइपुगे कार्यवाहक प्रशिक्षक हुमागाईं, एन्फाले गर्‍याे स्वागत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टीमका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंलाई स्वागत गरेको छ । बुधबार एन्फाका महासचिव किरण राईले उनलाई स्वागत गरेका हुन् ।

अमेरिकामा बस्दै आएका हुमागाईंलाई एन्फाले अब्दुल्लाह अल्मुताइरीको अनुपस्थितिमा दशरथ रंगाशालामा आयोजना हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको थियो ।

नेपालले आउँदो असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि हुमागाईंले ४० खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षणमा डाकेका छन् । अल्मुताइरीले निष्कासन गरेका खेलाडीलाई पनि समेट्दै हुमागाईंले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

प्रशिक्षणमा डाकिएका खेलाडीहरू

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरूङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अमित तामाङ

मिडफिल्डरः संजोक राई, पुजन उपरकोटी, अञ्जन विष्ट, राजन गुरूङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदम्बे, सुदीप गुरूङ, विशाल राई, मनिष डाँगी, सुरजजिउ ठकुरी, सुवास गुरूङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ

फरवार्डः विमल घर्ती मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, आशीष चौधरी, रितिक खड्का, आशीष चापागाईं, अविषेक रिजाल, भरत खवास


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर