झापामा एमाले अध्यक्षको चुनावलक्षित दौडाहा, दुई सातामै दोस्रो भ्रमण – Nepal Press

झापामा एमाले अध्यक्षको चुनावलक्षित दौडाहा, दुई सातामै दोस्रो भ्रमण

काठमाडौं । चुनावको मिति घोषणासँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा आवतजावत बाक्लिएको छ । साउन दोस्रो साता झापा पुगेर ४ दिनसम्म विभिन्न गतिविधिमा सहभागी भएका अध्यक्ष ओली बिहीबार पुनः गृहजिल्ला जाने भएका छन् ।

अध्यक्ष ओलीको जिल्ला बसाइ तीन दिनको हुने एमालेले जनाएको छ । बिहीबार ओलीले पार्टीको झापा जिल्ला ३ नम्बर क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

ओली त्यसपछि आफ्नै निर्वाचन क्षेत्रका विभिन्न भेटघाट तथा भेलाहरूमा सहभागी हुनेछन् । एलपी साँवा नेतृत्वको उद्योगी व्यवसायी महासंघको भेलालाई सम्बोधन गर्ने र गौरादहमा पूर्वी क्षेत्रका कार्यकर्ता तथा सर्वसाधारणसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

अघिल्लो पटकको भ्रमणमा भेटघाट गर्न नभ्याएका कार्यकर्ता तथा बुद्धिजिवी र सर्वसाधारणसँग भेट्नेगरी अध्यक्ष ओलीको कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

भदौ ४ गते बिर्तामोडमा अखिल नेपाल महिला संघको जिल्ला अधिवेशन र इन्जिनियरिङ एसोसियसनको सम्मेलनमा अध्यक्ष ओली सहभागी हुनेछन् ।

झापा जिल्लामा स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक आएसँगै जिल्लाका सबै क्षेत्रमा चुनाव जित्नेगरी रणनीति बनाउन ओलीले स्थानीय नेताहरूलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर