प्रहरी भन्छ- निहारिकाका बलात्कारआरोपी भाग्न सक्ने आशंकाले पक्राउ – Nepal Press

प्रहरी भन्छ- निहारिकाका बलात्कारआरोपी भाग्न सक्ने आशंकाले पक्राउ

काठमाडौं । धनुषा प्रहरीले निहारिका राजपुतका बलात्कारआरोपी शिवराज श्रेष्ठलाई भाग्न सक्ने आशंकामा नियन्त्रणमा लिइएको जनाएको छ ।

धनुषा प्रहरीका एक अधिकारीले डीएनए परीक्षणको विषय उठिरहेकाले श्रेष्ठलाई पक्राउ गरिएको बताए । श्रेष्ठ मंगलबार साँझ धनुषाबाट पक्राउ परेका थिए ।

जिल्ला अदालतले सफाइ दिएको अवस्थामा निहारिकाले बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगातार माग गरेपछि प्रशासन दबाबमा परेको हो । निहारिकाले केही दिनअघि राष्ट्रपति कार्यालय अगाडि पुगेर आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

‘श्रेष्ठलाई भोली खोजि गरेको अवस्थामा सजिलै उपलब्ध हुन् भनेर हामीले नियन्त्रणमा लिएका हौँ’, धनुषा प्रहरीका एक अधिकृतले भने । प्रहरीले श्रेष्ठलाई अभद्र व्यवहार कसुरमा म्याद थपेर हिरासतमा राख्ने तयारि गरिरहेको छ ।

श्रेष्ठले निहारिका कुनै समय आफ्नो प्रेमिका रहेको तर उनीबाट जन्मिएको बच्चा आफ्नो नभएको दाबी गर्दै आएका छन् । डीएनए टेस्टमा आफूले सहयोग गर्ने उनको भनाइ छ ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरिसकेको छ । निहारिका भने यतिबेला टिचिङ अस्पतालको मानसिक वार्डमा उपचाररत छिन् । प्रहरीले श्रेष्ठलाई अधिकतम २५ दिनभित्र हिरासतमा राख्न सक्नेछ। अदालतले सफाइ दिएर माथिल्लो अदालतमा मुद्दा विचाराधीन भएको अवस्थामा सोही मुद्दालाई लिएर आरोपी पक्राउ पर्नुलाई कतिपयले आलोचना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर