स्प्राइटको नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन – Nepal Press

स्प्राइटको नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन

काठमाडौं । लाइम-लेमन पेयपदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ ल्याएको छ । यस क्याम्पेनमार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङको स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका-कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुनेछ । जसले यो क्याम्पेनलाई कोका-कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन बनाएको छ । उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान गर्न कोका-कोला नेपालले सदैव केही न केही गरिरहेको हुन्छ र यो योजना त्यस्तै एक प्रयास हो ।

यो अफरमा सहभागी हुन उपभोक्ताहरूले बोतलको प्रमोसनल लेबलमा रहेको क्युआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका-कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरि लागु हुनेछ ।

साउनबाट सुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनि उपलब्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर