१० वर्षपछि एमालेमा फर्किँदै पूर्वमन्त्री हेमराज राई – Nepal Press

१० वर्षपछि एमालेमा फर्किँदै पूर्वमन्त्री हेमराज राई

काठमाडौं । जसपा उपाध्यक्ष हेमराज राई १० वर्षपछि एमाले फर्किने भएका छन् । जसपाका प्रभावशाली नेता-कार्यकर्तासहित उनी आज एमाले प्रवेश गर्दैछन् ।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई टीका लगाएर स्वागत गर्ने कार्यक्रम राखिएको छ ।

भोजपुर टेम्केमैयुङका राई पूर्वउद्योगमन्त्रीसमेत हुन् । २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले छाडेका थिए ।

राईले आफूसहित १५० जना नेता कार्यकर्ता एमालेमा जान लागेको नेपाल प्रेससँग बताए ।

हेमराज राईसँगै जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई, सुनिल राई पनि एमाले प्रवेश गर्ने तयारीमा छन् ।

उपेन्द्र यादव र अशोक राईलाई प्रदेश १ मा बाबुरामले छाड्दाभन्दा हेमराजलगायतको टिमले छाड्दा जसपामा बढी धक्का पुग्ने बताइएको छ ।


प्रतिक्रिया

One thought on “१० वर्षपछि एमालेमा फर्किँदै पूर्वमन्त्री हेमराज राई

  1. कुनै विमान कम्पनीले अर्काे विमान कम्पनीकाे थाेत्राे प्लेन किनेर चलायाे भने हामी प्लेन थाेत्राे भाे भनेर आलाेचना गर्छाै। त्यस्तै एमालेमा यस्ता डेट एक्सपायर्ड नेताकाे काम छैन। सक्छाै भने हर्क साम्पाङ जस्ता नेता जन्माउ। सक्दैनाैं हर्क साम्पाङ जस्ताे बन। किन भने हर्क साम्पाङले केहि नयाँ गरेकाे हाेइन। उनले गरेकाे त पुराना इमान्दार र लगनशिल एमाले नेताकाे सिकाे मात्र हाे। जे एमाले नेताले विर्सिए, उनले सम्झेर गरे। एमालेमा overhaul काे खाँचाे छ।

Leave a Reply to Pramesh Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर